+
+
Shares

कैलाली र सुनसरीबाट लागुऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते ८:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कैलाली र सुनसरीबाट लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
  • कैलालीको धनगढीमा १६६ मिलिग्राम ब्राउन सुगरसहित ३५ वर्षीय राजेश रानालाई प्रहरीले पक्राउ गरेको छ।
  • सुनसरीको धरानबाट एक ग्राम ५१० मिलिग्राम ब्राउन सुगरसहित ८९ वर्षीय विजय लिम्बू र ३५ वर्षीय पूर्ण श्रेष्ठ पक्राउ परेका छन्।

३२ असार, काठमाडौं । कैलाली र सुनसरीबाट लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । कैलालीबाट एक जना र धरानबाट दुई जनालाई प्रहरीले गएराति पक्राउ गरेको हो ।

कैलालीको धनगढी उपमहानगरपालिका १० घुइयाँघाटबाट गएराति साढे १० बजे लागुऔषध ब्राउन सुगरसहित स्थानीय ३५ वर्षीय राजेश रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको साथबाट १६६ मिलिग्राम ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ ।

यसैगरी सुनसरीको धरान उपमहानगरपालिकाको भिक्टोरिया चोकबाट पनि हिजो बेलुका आठ बजे एक ग्राम ५१० मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्थानीय ८९ वर्षीय विजय लिम्बू र ३५ वर्षीय पूर्ण श्रेष्ठ छन् । उनीहरुमाथि पनि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?