News Summary
Generated by OK AI. Editorially reviewed.- निर्माता जनक घर्तीमगरले प्रेमकथामा आधारित नयाँ फिल्म ‘आकाश वर्षा’ निर्माण गर्ने घोषणा गरेका छन् ।
- सुदीप भजुले निर्देशन गर्ने उक्त फिल्मको पटकथा अमीर मगरले लेख्ने भएका छन् ।
- आरआर फिल्मस्ले यो फिल्मलाई देशव्यापी रूपमा वितरण गर्ने जिम्मा लिएको छ ।
काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘आकाश वर्षा’ निर्माण हुने भएको छ । यसअघि ‘घरज्वाइँ’ र ‘मितज्यू’ फिल्ममा लगानी गरेका जनक घर्तीमगरले नयाँ प्रोजेक्ट घोषणा गरेका हुन् ।
यो फिल्मलाई सुदीप भजुले निर्देशन गर्नेछन् । घोषणा पोस्टरमा आकाशबाट वर्षा भैरहेको देखाइएको छ । पृष्ठभूमिमा बादल, वर्षा र पहाडहरू देखिन्छ ।
निर्माता मगरले यो फिल्म प्रेमकथामा बन्ने बताए । अभिनय गर्ने कलाकार र प्राविधिकबारे खुलाइएको छैन । पछिल्लो समय प्रेमकथामा आधारित फिल्मको निर्माण न्यून भैरहेको बेलामा मगर सोही जनराको फिल्म लिएर आउन लागेका हुन् ।
पटकथा अमीर मगरको हुनेछ । यो फिल्मलाई आरआर फिल्मस्ले देशव्यापी वितरण गर्ने भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4