+
+
Shares

सिमखोलाले बगाएका व्यक्तिको शव तीन दिनपछि फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिमखोलामा बाढीले बगाएको एक जनाको शव बिहीबार फेला परेको छ ।
  • प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जेसीभी प्रयोग गरी ग्राभेलमा पुरिएको अवस्थामा शव निकालिएको जानकारी दिए ।
  • सोमबार बाढीले बगाएको स्कुटर सर्लाहीका महेश कार्कीको नाममा रहेको भए पनि शवको सनाखत गर्ने कार्य भइरहेको छ ।

३२ असार, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिका-२ कुलेखानी ड्याम नजिक सिमखोलामा आएको आकस्मिक बाढीले बगाएकाे एक जनाकाे शव बिहीबार भेटिएकाे छ ।

सिमखाेलाकाे कल्भर्ट भन्दा करिब डेढ सय मिटर तल खाेलामा ग्राभेलले पुरिएकाे अवस्थामा शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।

जेसीबी प्रयाेग गरेर पुरिएकाे शव निकालिएकाे प्रहरी नायव उपरीक्षक माधव काफ्लेले बताए ।

आइतबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढीले गत सोमबार दिउँसो करिब ३ बजे सिमखाेला तर्ने क्रममा चालकसहित स्कुटर बगाएकाे थियाे ।

सुरक्षा निकायले निरन्तर खाेजी कार्य जारी राख्दा स्कुटर मंगलबार भेटिएकाे थियाे ।

स्थानीयले मानिससहित स्कुटर बगाएकाे घटनाबारे बताएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबारदेखि नै खाेजी कार्य जारी राखेका थिए ।

फेला परेको स्कुटरको ब्लुबुक अनुसार उक्त स्कुटर सर्लाहीका महेश कार्कीको नाममा दर्ता रहेको डीएसपी काफ्लेले जानकारी दिए । यद्यपि, आज भेटिएकाे शवकाे पनि प्रहरीले वास्तविक पहिचान गरिसकेकाे छैन ।

हेटाैंडा-काठमाडाैं जाेड्ने छाेटाेमार्ग अन्तर्गत सिमखाेला कुलेखानी ड्याम नजिकै पर्दछ । यहाँस्थित कल्भर्टमा खाेलाकाे बहाव बढ्दा सवारी आवतजावतमा जाेखिम हुने गरेकाे छ । छाेटाे मार्ग हुँदै दैनिक सयाैं साना सवारी सञ्चालन हुने गर्दछन् । छाेटाे मार्ग वर्षातकाे समयमा आस्किमक बाढी र पहिराेकाे उच्च जाेखिममा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?