+
+
Shares

ग्यालरी १०८ मा काठमाडौंका बस्ती र जात्रा झल्कने कला प्रदर्शनी हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १७:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार प्रदिप कुमार बज्राचार्यको एकल चित्रकला प्रदर्शनी ‘उत्सव : इन द रिदम अफ द जात्रा’ साउन ८ गतेदेखि दरबारमार्गस्थित ग्यालरी १०८ मा शुरू हुने भएको छ।

२ साउन, काठमाडौं । प्रदिप कुमार बज्राचार्यको एकल चित्रकला प्रदर्शनी ‘उत्सव : इन द रिदम अफ द जात्रा’ हुने भएको छ । दरबारमार्गमा स्थिति ग्यालरी १०८ मा साउन ८ गतेदेखि हुने भएको हो ।

प्रदर्शनीमा काठमाडौं उपत्यकाका विभिन्न ऐतिहासिक बस्तीहरू, मच्छिन्द्रनाथ जात्रा, भोटो जात्रा, सिन्दुरे जात्रा आदिबाट प्रेरित चित्रहरू प्रदर्शन गरिने ग्यालरी १०८ ले जनाएको छ । कलाकार बज्राचार्यले यी चित्रहरूमार्फत जात्राको धिमे बाजाको आवाज, भीडको गति, रङहरू, भक्तहरूको श्रद्धा र सडकको उर्जालाई क्यानभासमा उतार्ने कोसिस गरेका छन् ।

उनले प्रदर्शनीका सबै चित्रहरूलाई वर्गाकार शैलीमा तयार पारेका छन् । यो निर्णयले सम्पूर्ण श्रृङ्खलामा लय, सामञ्जस्यता र अन्तर्सम्बन्ध सिर्जना गरेको उनी बताउँछन् ।

त्यस्तै प्रदर्शनीले नेपालको जीवन्त सांस्कृतिक सम्पदाको संरक्षणमा जोड दिएको छ । ग्यालरी १०८ का संस्थापक सुगत आर. शाक्यका अनुसार यस प्रदर्शनीले मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणमा योगदान पुर्‍याउने सन्देश दिनेछ ।

यसका साथै प्रदर्शनीले संस्कृति, पहिचान र जीवन्त सम्पदाबारे सार्थक बहस सिर्जना गर्ने पनि बताइएको छ । यो प्रदर्शनी ७ भदौसम्म चल्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?