+
+
Shares

मण्डला ड्रामा स्कूलको तेस्रो ब्याच सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३ गते १७:५६

२ साउन, काठमाडौं । मण्डला थिएटर नेपालले आफ्नो ड्रामा स्कूलको तेस्रो ब्याचका विद्यार्थीहरूलाई स्वागत गरेको छ । थिएटरले हालै एक कार्यक्रम गर्दै २०२६/२७ को मण्डला ड्रामा स्कूलको ब्याचलाई स्वागत गरेको हो।

यससँगै युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित रङ्ग (रिक्लेमिङ एड्भोकेसी थ्रु न्यारेटिभ्स, डिबेट्स, ग्रासरुट थिएटर एन्ड आर्ट्स) परियोजना अन्तर्गत सञ्चालन हुने १८ महिने आवासीय नाट्य प्रशिक्षण कार्यक्रमको औपचारिक सुरुवात भएको छ।

मण्डला थिएटरका अध्यक्ष बुद्धिराम तामाङका अनुसार मण्डला ड्रामा स्कूल मण्डला थिएटरको प्रमुख कार्यक्रमहरू मध्ये एक हो । नेपालभरबाट सामाजिक रूपमा सचेत नाटक सर्जक, रंगकर्मी, प्रशिक्षक, लेखक, निर्देशक तथा सांस्कृतिक नेतृत्वकर्ताहरू तयार यसको उद्देश्य रहेको उनको भनाइ छ।

यो ब्याचका लागि देशभरबाट आवेदन दिएका युवामध्ये प्रतिस्पर्धात्मक छनोट प्रक्रियाबाट १५ जना सहभागी चयन भएको पनि उनले जनाए।

त्यस्तै मण्डला ड्रामा स्कूलको नयाँ पाठ्यक्रम अभ्यासमा आधारित र समुदायसँग जोडिएको बताइएको छ । यसमा अभिनय शारीरिक तथा कलात्मक प्रशिक्षण, सहभागितामूलक तथा सामुदायिक रंगमञ्च, सिर्जनात्मक लेखन, प्राविधिक रंगमञ्च, अन्तरविषयक कला अभ्यास तथा स्वतन्त्र नाटक निर्माण प्रक्रियालाई तीन सेमेस्टरमा समेटिएको छ।

१८ महिनाको यस आवासीय कार्यक्रमले विद्यार्थीहरूलाई स्वतन्त्र, सामाजिक रूपमा सचेत र समुदायसँग सहकार्य गर्न सक्ने रंगकर्मीका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।

मण्डलाको उक्त स्वागत कार्यक्रममा नेपालका लागि युरोपियन युनियनकी राजदूत महामहिम भेरोनिक लोरेन्जो सहित नेपाल सरकारका विभिन्न निकाय, विश्वविद्यालय, विकास साझेदार संस्था तथा नेपाली रंगमञ्च क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?