+
+
Shares

पहिरोले कोशी राजमार्गको चैनपुर-बसन्तपुर सडक अवरुद्ध

अविरल वर्षासँगै आएको पहिरोले कोशी राजमार्ग अन्तर्गत सङ्खुवासभाको चैनपुर-बसन्तपुर सडक खण्डको धर्मदेवी नगरपालिका–४ स्थित बाक्सिङ चोकमा सडक अवरुद्ध भएको हो ।

भविन कार्की भविन कार्की
२०८३ साउन ४ गते १०:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाका कारण पहिरो जाँदा कोशी राजमार्गको चैनपुर—बसन्तपुर सडक खण्ड अवरुद्ध भएको छ ।
  • धर्मदेवी नगरपालिका-४ स्थित बाक्सिङ चोकमा सडक अवरुद्ध हुँदा सवारी साधनको आवतजावत ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
  • सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको छ भने पहिरोले शारदा माध्यमिक विद्यालयसमेत जोखिममा परेको छ ।

४ साउन, संखुवासभा । पहिरोले कोशी राजमार्ग अन्तरर्गत संखुवासभाको चैनपुर—बसन्तपुर सडक खण्ड अवरुद्ध भएको छ ।

अविरल वर्षासँगै आएको पहिरोले  धर्मदेवी नगरपालिका–४ स्थित बाक्सिङ चोकमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नfयव उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।

सडक अवरुद्ध भएपछि चैनपुर देखि बसन्तपुर आवतजावत गर्ने सवारी साधन ठप्प भएको छ ।

वर्षाका कारण शारदा माध्यमिक विद्यालयको प्राङ्गणबाट ढुंगा, माटोसहितको पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो ।

अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय तुम्लिङटारसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोका कारण शारदा माध्यमिक विद्यालय समेत जोखिममा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?