+
+
Shares

सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन, १५ दिनभित्र प्रतिवेदन पेश गर्ने

सरकारका सचिवहरूको बैठकले शनिबार र आइतबार दुई दिन बिदा थालिएपछि सार्वजनिक बिदा पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते १४:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले सार्वजनिक बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ।
  • कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित चार मन्त्रालयका प्रतिनिधि रहने निर्णय सचिवहरूको बैठकले गरेको छ।
  • उक्त कार्यदलले १५ दिनभित्र सार्वजनिक बिदाबारे अध्ययन गरी गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्नेछ।

४ साउन, काठमाडौं । सरकार सचिवहरूको बैठकले सार्वजनिक बिदा पुनरावलोकनका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

सरकारका सचिवहरूको बैठकले शनिबार र आइतबार दुई दिन बिदा थालिएपछि सार्वजनिक बिदा पुनरावलोकन गर्न आवश्यक देखिएको भन्दै कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालयको सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र अर्थ मन्त्रालयको प्रतिनिधि रहने गरी कार्यदल गठन गर्ने निर्णय भएको हो ।

उक्त कार्यदलले १५ दिनभित्र गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्ने निर्णय पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?