+
+
Shares

बजेटको प्रभावकारी कार्यान्वयन गर्न सचिवहरूलाई अर्थमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ४ गते १९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि समयबद्ध काम गर्न सम्बन्धित मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
  • अर्थ मन्त्रालयमा आयोजित बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टसहित विभिन्न मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो ।
  • साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष शुरू भएसँगै बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थ मन्त्रालयले अग्रसरता लिएको हो ।

४ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि समयबद्ध काम गर्न सम्बन्धित पदाधिकारी र सचिवहरूलाई निर्देशन दिएका छन् ।

अर्थ मन्त्रालयमा आज प्रभावकारीरूपमा बजेट कार्यान्वयन गर्ने विभिन्न मन्त्रालयका सहभागी सचिवलाई बैठकमा सो निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गुणाकर भट्ट र अर्थ सचिव घनश्याम उपाध्यायसहित पूर्वाधार विकास, उद्योग वाणिज्य, कृषि, स्वास्थ्य, शिक्षा, परराष्ट्र, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, श्रम, महिला बालबालिका, गृह, एवं रक्षा मन्त्रालयका सचिवको सहभागिता थियो ।

यही साउन १ गतेदेखि नयाँ आर्थिक सुरू भएपछि बजेटको कार्यान्वयनमा अर्थ मन्त्रालयले अग्रसरता लिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?