+
+
Shares

ललितपुरको इमाडोलमा सडक भत्कियो, पसलहरुमा पनि क्षति

सो क्षेत्रमा करिब २८ महिनादेखि ‘सर्लाही फर्निचर एण्ड फल्स सिलिङ’ पसल सञ्चालन गर्दै आएका मिथिलेश साहले आफ्नो मात्रै करिब डेढ लाख मूल्य बराबरको सामानमा क्षति पुगेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते ११:४०

५ साउन, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकामा पर्ने इमाडोल क्षेत्रमा करिब १५ मिटर सडक भासिएको छ । सडक किनारसँगै जोडिएका व्यापारिक स्टलहरुमा समेत क्षति पुगेको छ ।

करिब २८ महिनादेखि ‘सर्लाही फर्निचर एण्ड फल्स सिलिङ’ पसल सञ्चालन गर्दै आएका मिथिलेश साहले आफ्नो मात्रै करिब डेढ लाख मूल्य बराबरको सामानमा क्षति पुगेको बताए ।

उनका अनुसार केही दिनअघिदेखि नै सडक किनारमा चिरा देखिएर भत्किन सुरु गरेको थियो । तर हिजो झन् धेरै भत्किएको उनले बताए ।

‘सडक किनारमा अँस्तिदेखि नै समस्या थियो । हिजो त लगभग १५ मिटर जति सडक भत्कियो,’ उनले भने, ‘पाँचवटा पसल भएको ट्रस नै क्षतिग्रस्त भयो ।’

उनले यसबारे महालक्ष्मी नगरपालिकालाई जानकारी गराइएको र मर्मतको आश्वासन पाएको जानकारी दिए ।

सडक भत्किएको स्थान साविकको इमाडोल गाविसको तीन नम्बर वडा कार्यालयको मन्दिर नजिकै पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?