News Summary
Generated by OK AI. Editorially reviewed.- पर्वतको कुश्मा नगरपालिकास्थित बन्जीसाइडको भिरबाट हाम फालेका बागलुङका ३३ वर्षीय दीपेन्द्र नेपालीको शव सशस्त्र प्रहरीले फेला पारेको छ।
- सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वतको टोलीले भिरबाट करिब १ सय ३० मिटर तल रहेको शव बाहिर निकालेको हो।
- घरायसी विवादका कारण नेपालीले भिरबाट हाम फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
५ साउन, काठमाडौं । पर्वतको कुश्मा नगरपालिका–५ स्थित बन्जीसाइडको भिरबाट हामफालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ ।
बाग्लुङ नगरपालिका–१४ नारायणस्थान घर भई हाल सोही ठाउँ बस्ने अन्दाजी ३३ वर्षीय दीपेन्द्र नेपाली ४ साउन साँझ करिब ९ बजे उक्त भिरबाट हाम फालेका थिए ।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार उनको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २५ चण्डिका गण पर्वतको टोली खटिएको थियो ।
खोजी गर्ने क्रममा सशस्त्रको टोलीले मंगलबार बिहान उनको शव फेला पारेको हो ।
सशस्त्रको टोलीले उनको शव करिब १ सय ३० मिटर तल भिरबाट निकालेको थियो ।
उनी सामान्य घरायसी विवादका कारण उक्त भिरबाट हाम फालेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4