News Summary
Generated by OK AI. Editorially reviewed.- पाकिस्तानमा पछिल्लो २४ घण्टामा मनसुनी वर्षाजन्य घटनामा परी नौ जनाको मृत्यु भएको छ ।
- गत जुन २६ देखि हालसम्म वर्षाका कारण ज्यान गुमाउनेको कुल सङ्ख्या ४७ पुगेको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
- प्राधिकरणका अनुसार बाढी र पहिरोका कारण हालसम्म १७८ घर क्षतिग्रस्त भएका छन् भने १२३ जना घाइते भएका छन् ।
५ असार, इस्लामाबाद । पाकिस्तानमा गएको २४ घण्टामा वर्षासँग सम्बन्धित घटनामा कम्तिमा नौ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । यो सँगै गत जुन –२६ देखि देशव्यापी मनसुनी वर्षा जन्य घटनामा मृत्यु हुनेको सङ्ख्या ४७ जना पुगेको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडिएमए) ले जनाएको छ ।
आकस्मिक बाढीका कारण घर भत्किदा मृत्यु हुनेमा उत्तरपश्चिम खैबर पख्तुनख्वाका छ जना र कश्मीरका तीन जना रहेको एनडिएमएले उल्लेख गरेको छ । एनडिएमएका अनुसार मनसुन सुरु भए देखि १२३ जना घाइते भएका छन् भने १७८ वटा घरहरू क्षतिग्रस्त भएको र करिब ३।४२ किलोमिटर सडक प्रभावित भएको जनाइएको छ ।
एनडिएमएले प्रभावित क्षेत्रका बासिन्दाहरूलाई, बाढी– पहिरो तथा वषाए जन्य जोखिमबाट सतर्क रहन आग्रह गर्दै आगामी दिनमा मनसुन वर्षा जारी रहने पूर्वानुमान जारी गरेको छ ।
प्रतिक्रिया 4