+
+
Shares

परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकारमा जगदीश्वर पाण्डे नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद्ले पत्रकार जगदीश्वर पाण्डेलाई परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा नियुक्त गरेको छ।
  • पाण्डेले विशिष्ट श्रेणी अर्थात सचिव सरहको सुविधा पाउने गरी उक्त जिम्मेवारी पाएका हुन्।
  • यसअघि पाण्डे द डिप्लोम्याट नेपालको संस्थापक सम्पादकका साथै कान्तिपुर र द हिमालयन टाइम्समा कार्यरत थिए।

६ साउन, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा पत्रकार जगदीश्वर पाण्डे पाण्डे नियुक्त भएका छन्।

मन्त्रिपरिषद्ले पाण्डेलाई विशिष्ट श्रेणी (सचिव) सरहको सल्लाहकारमा नियुक्त गरेको हो।

यसअघि पाण्डेले कूटनीति तथा परराष्ट्र मामिलामा केन्द्रित अंग्रेजी भाषाको पत्रिका द डिप्लोम्याट नेपालका संस्थापक सम्पादकको रुपमा काम गरेका थिए ।

उनीसँग कान्तिपुर दैनिक र द हिमालयन टाइम्समा परराष्ट्र नीति, रक्षा, राजनीतिक विषय, अन्तर्राष्ट्रिय विकास तथा खेलकुदसम्बन्धी रिपोर्टिङको अनुभव छ । उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?