+
+
Shares

बेलायतका नयाँ प्रधानमन्त्रीको घोषणा : घरायसी बिजुलीमा भ्याट कटौती गर्छु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बेलायतका नवनियुक्त प्रधानमन्त्री एन्डी बर्नह्यामले १ अक्टोबरदेखि घरायसी बिजुलीको बिलबाट भ्याट कटौती गर्ने घोषणा गरेका छन् ।
  • यो निर्णयबाट सामान्य ऊर्जा खपत गर्ने उपभोक्तालाई वार्षिक करिब ४५ पाउन्ड बचत हुने अनुमान गरिएको छ ।
  • ग्रीन पार्टीका नेता ज्याक पोलान्स्कीले भ्याट कटौतीको कदम अपर्याप्त रहेको बताउँदै थप बलियो ऊर्जा मूल्य सीमा आवश्यक रहेको उल्लेख गरेका छन् ।

५ साउन, काठमाडौं । बेलायतका नयाँ प्रधानमन्त्री एन्डी बर्नह्यामले १ अक्टोबरदेखि घरायसी बिजुलीको बिलबाट भ्याट कटौती गर्ने बताएका छन् । प्रधानमन्त्री नियुक्त भएको पहिलो दिन नै उनले उक्त घोषणा गरेका हुन् ।

बीबीसीका अनुसार, बिजुलीको बिलमा भ्याट कटौती गर्दा सामान्य मात्रामा ऊर्जा प्रयोग गर्ने घरायसी उपभोक्ताका लागि वर्षमा करिब ४५ पाउन्ड बचत हुने अनुमान गरिएको छ।

पश्चिम एसियाको द्वन्द्वले थोक मूल्यमा पारेको प्रभावका कारण बेलायतमा जुलाईमा सामान्य बिल १३ प्रतिशत (महिनामा करिब १८ पाउन्ड) ले बढेको थियो।

बेलायतमा खाद्यान्नको मूल्य वर्षमा २.२ प्रतिशतले बढिरहेको छ। घरायसी प्रयोजनको बिजुली शुल्कमा भ्याट कटौती गर्दा यसले जीवनयापनको लागतको दबाबलाई कम गर्न मद्दत गर्नेछ।

ग्रीन पार्टीका नेता ज्याक पोलान्स्कीले घरायसी बिजुलीको बिलमा भ्याट कटौती गर्नु ‘एउटा सुरुवात’ भएपनि अझै धेरै गर्न आवश्यक रहेको बताए ।

एक्सको एउटा पोस्टमा पोलान्स्की थप्छन्, ‘अर्को कठिन जाडोको सामना गरिरहेका लाखौँ परिवारहरूका लागि यो कत्ति पनि पर्याप्त हुने छैन।’

इरान युद्धको प्रभावबाट मानिसहरूलाई जोगाउन ‘बलियो ऊर्जा मूल्य सीमा’ आवश्यक रहेको उनी बताउँछन्।

कतिपयले प्रधानमन्त्रीले कटौती गर्ने भनेको यो करको स्रोत कहाँबाट जुटाउँछन्, प्रस्ट नभएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?