News Summary
Generated by OK AI. Editorially reviewed.- अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिक छुटाइदिने भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ परेकाहरूबाट ७२ लाखको डिल गर्दै ९ लाख रुपैयाँ लिएको तथ्य खुलाएको छ ।
- पक्राउ पर्नेमा उदयपुरका विक्रम बहादुर थापा, नवलपरासीका गोपालबहादुर गुरुङ र सर्लाहीका नारदप्रसाद खतिवडा रहेका छन् ।
५ साउन, काठमाडौं । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ व्यक्ति छुटाइदिने भन्दै ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–८ सिरिसे घर भएका ३८ वर्षीय बिक्रम बहादुर थापा, नवलपरासी पश्चिमको सुनवल नगरपालिका–७ का ५९ वर्षीय गोपालबहादुर गुरुङ र सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भएका ५२ वर्षीय नारदप्रसाद खतिवडा छन् ।
उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
अध्यागमनको हिरासतमा रहेका ९ चिनियाँ नागरिकहरू छुटाइदिने भन्दै उनीहरूले ७२ लाखको डिल गर्दै ९ लाख लिएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4