News Summary
Generated by OK AI. Editorially reviewed.- साउदीबाट टिक्मोमार्फत आईएमई गरी पैसा पठाउने विराटनगरका अभिषेक कालाखेतीले बीवाईडी अटो १ विद्युतीय कार जितेका छन्।
- आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले काठमाडौंमा आयोजित कार्यक्रममा विजेता कालाखेतीकी श्रीमतीलाई कारको साँचो हस्तान्तरण गरेका छन्।
- आईएमई र टिक्मोले १७ साउनदेखि १४ कात्तिक २०८३ सम्म लागू हुने गरी पठाएको रकमको ५ गुणासम्म पुरस्कार जित्न सकिने नयाँ योजना सार्वजनिक गरेका छन्।
५ साउन, काठमाडौं । साउदीबाट टिक्मो मार्फत आईएमई गरेर पैसा पठाउँदा विराटनगरका अभिषेक कालाखेतीले बीवाईडी अटो १ विद्युतीय कार (ईभी) जितेका छन् ।
आज काठमाडौंमा आयोजित कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले भाग्यशाली विजेता अभिषेक कालाखेतीकी श्रीमती कल्पना कालाखेतीलाई कारको साँचो हस्तान्तरण गरे ।
कार हस्तान्तरण कार्यक्रममा बोल्दै आईएमईका अध्यक्ष हेमराज ढकालले विदेशबाट पैसा पठाउँदा स्वदेशको अर्थतन्त्रमा सकारात्मक प्रभाव मात्रै नभएर यसले नेपालमा बस्ने हरेक परिवारमा खुसीको दिगो प्रभाव छाडेको बताए ।
उनले विदेशमा काम गर्ने व्यक्तिले देखेको सपना पूरा गर्न आईएमई र टिक्मोका यस्ता योजनाले पनि सहयोग पुर्याएको उल्लेख गरे । कार्यक्रममा बोल्दै आईएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले विश्व श्रम बजारमा हरेक क्षेत्रमा रहेका युवाहरूको सपनालाई साकार पार्न आईएमई सदैव अग्रसर रहेको बताए ।
आईएमई लिमिटेड र टिक्मोको संयुक्त आयोजनामा सञ्चालन गरिएको साउदीबाट टिक्मो मार्फत आईएमई गरौँ, उपहार जितौँ योजना २०८२ पुस २१ देखि २०८३ असार १६ गते सम्म सफलतापूर्वक सञ्चालन भएको थियो ।
यस योजनाको मुख्य उद्देश्य साउदी अरेबियामा रहेका नेपाली युवाहरूलाई टिक्मो मार्फत नेपालमा सुरक्षित, छिटो र भरपर्दो रूपमा डिजिटल रेमिटेन्स पठाउन प्रोत्साहित गर्नुका साथै सेवाग्राहीहरूलाई आकर्षक पुरस्कार प्रदान गर्नु रहेको थियो ।
यस अभियानअन्तर्गत ५ जनवरीदेखि ३१ मार्च २०२६ सम्मको अवधिमा १२ जना भाग्यशाली सेवाग्राहीले आईफोन १७ तथा २ जनाले इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गरेका थिए।
त्यसैगरी, ५ अप्रिलदेखि ३० जुन २०२६ सम्म सञ्चालन गरिएको दोस्रो चरणमा हरेक हप्ता ५ जना सेवाग्राहीले १० हजार नगद पुरस्कार प्राप्त गरेका थिए। साथै, बम्पर उपहारअन्तर्गत एक जना भाग्यशाली विजेताले वीवाइडी अटो १ गाडी जित्न सफल भएका हुन् ।
आईएमई र टिक्मोको सहकार्यमा नयाँ योजना सार्वजनिक
आईएमई र टिक्मोको सहकार्यलाई अझ सुदृढ बनाउँदै आजैदेखि अर्को आकर्षक नयाँ योजना पनि सार्वजनिक भएको छ। जसमा १७ साउनदेखि १४ कात्तिक २०८३ सम्म साउदी अरेबियाबाट टिक्मो मार्फत नेपाल पैसा पठाउने सेवाग्राहीमध्ये हरेक हप्ता २ जना भाग्यशाली विजेताले आफूले पठाएको रकमको २ गुणासम्म पुरस्कार प्राप्त गर्न सक्नेछन् ।
हरेक महिना २ जना विजेताले आफूले पठाएको रकमको ३ गुणासम्म पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्नेछन् भने बम्पर योजनाअन्तर्गत २ जना भाग्यशाली विजेताले आफूले पठाएको रकमको ५ गुणासम्म पुरस्कार प्राप्त गर्ने सुनौलो अवसर प्राप्त गर्न सक्नेछन्।
प्रतिक्रिया 4