+
+
Shares

एकैपटक ११ स्थानमा रक्तदान सम्बन्धी सचेतना कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १३:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ब्लड फर नेपालले '८ वर्ष, ११ कार्यक्रम' अभियानसहित विभिन्न कार्यक्रम गरी आफ्नो ८औँ वार्षिकोत्सव मनाएको छ।
  • अध्यक्ष सरोज महतोले देशका ११ स्थानमा रक्तदान तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।
  • उक्त अभियानमा ६१५ जना सहभागी भएको संस्थाले उल्लेख गरेको छ।

५ साउन, जनकपुरधाम । रक्तदान सम्बन्धी सचेतना जगाउने तथा रक्तदानका लागि समन्वय गर्ने संस्था ब्लड फर नेपालले विभिन्न कार्यक्रम गरी आफ्नो ८औँ वार्षिकोत्सव मनाएको छ ।

यो संस्थाले ‘८ वर्ष, ११ कार्यक्रम’ अभियान अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम तथा रगतका कुरा सचेतना कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

काठमाडौं उपत्यका, झापा, लहान (सिरहा), जनकपुर (धनुषा), जलेश्वर (महोत्तरी), वीरगञ्ज (पर्सा), हेटौंडा (मकवानपुर), पोखरा (कास्की), दाङ, दैलेख तथा भीमदत्त (कञ्चनपुर) मा रक्तदानसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको संस्थाका अध्यक्ष सरोज महतोले जानकारी दिए ।

एक ठाउँमा रक्तदान र अन्य स्थानमा सचेतना कार्यक्रम गरिएको छ । कार्यक्रममा ६१५ जना सहभागी भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?