News Summary
Generated by OK AI. Editorially reviewed.- अध्यागमन विभागको हिरासतमा रहेका नौ चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ठगी गर्ने कार्यमा संलग्न तीनजना पक्राउ परेका छन्।
- पक्राउ पर्नेमा सशस्त्र प्रहरी बलका पूर्व एसएसपी गोपालबहादुर गुरुङ र कलाकार नारदप्रसाद खतिवडासहित विक्रमबहादुर थापा रहेका छन्।
- उनीहरूले चिनियाँ नागरिक छुटाउन ७२ लाख रुपैयाँको सहमति गरी नौ लाख रुपैयाँ पेश्की लिएको प्रहरीले जनाएको छ।
५ साउन, काठमाडौं । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ व्यक्ति छुटाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ पर्नेहरू सशस्त्र प्रहरी बल (एपीएफ) का पूर्व एसएसपीदेखि चर्चित कलाकारसम्म रहेको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार दिउँसो ३ जनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा उदयपुरको कटारी नगरपालिका–८ सिरिसे घर भएका ३८ वर्षीय बिक्रम बहादुर थापा, नवलपरासी पश्चिमको सुनवल नगरपालिका–७ का ५९ वर्षीय गोपालबहादुर गुरुङ र सर्लाहीको लालबन्दी नगरपालिका–५ घर भएका ५२ वर्षीय नारदप्रसाद खतिवडा छन् ।
जसमध्ये गोपालबहादुर गुरुङ सशस्त्र प्रहरीका पूर्व एसएसपी हुन् भने नारदप्रसाद खतिवडा भने कलाकार हुन् ।
अध्यागमनको हिरासतमा रहेका ९ चिनियाँ नागरिकहरू छुटाइदिने भन्दै उनीहरूले ७२ लाखको डिल गर्दै ९ लाख लिएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4