+
+
Shares

सशस्त्रको नं. १ बाहिनीले एक वर्षमा ३० करोड रुपैयाँ बराबरका भन्सार छलीका सामाग्री समात्यो

सशस्त्र प्रहरी बल नेपालको सुनसरीमा रहेको नं. १ बराह बाहिनी मातहतका इकाईबाट एक आर्थिक वर्षको अवधिमा ३० करोड बढीको भन्सार छलीको सामान बरामद गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १९:०६

६ साउन, काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको सुनसरीमा रहेको नं. १ बराह बाहिनी मातहतका इकाईबाट एक आर्थिक वर्षको अवधिमा ३० करोड बढीको भन्सार छलीको सामान बरामद गरेको छ ।

उक्त बाहिनीमाततहका इकाईबाट आर्थिक वर्ष २०८२/०८३ मा ३० करोड ३ लाख ३३ हजार ८४९ रुपैयाँ बराबरको चोरी पैठारी तथा निकासीको सामान बरामद गरी राजश्व तथा भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।

जसमा लत्ताकपडा, खाद्यान्य लगायतका विभिन्न प्रकारका सामान रहेको डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

सोही अवधिमा बाहिनीमातहतका कार्यालयबाट २ वटा पेस्तोल, १ वटा म्यागजिन, ४ राउन्ड गोली र २ वटा भरुवा बन्दुकसहित २ जना व्यक्ति पनि पक्राउ परेको उनले बताए ।

यस्तै सोही अवधिमा १८१ जना पुरुष र १२ जना महिला गरी १९३ जनालाई लागुऔषधसहित पक्राउ गरेर कारबाहीका लागि सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल १ नं. बाहिनी कार्यालय सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?