+
+
Shares

चिनियाँ एआई मोडलले बनायो नयाँ रेकर्ड, गणित ओलम्पियाडमा शतप्रतिशत अंक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते ७:२५

चिनियाँ टेक्नोलोजी कम्पनी रेडनोटको ‘डट्स-नोट ३.०’ मोडलले यस वर्षको ‘इन्टरनेशनल म्याथेमेटिकल ओलम्पियाड’ (आईएमओ) मा ४२ मा ४२ अंक ल्याएको छ। यो मोडल आईएमओको इतिहासमा पहिलो पटक फुल स्कोर र गोल्ड मेडल-लेभलको नतिजा ल्याउने पहिलो एआई सिस्टम बनेको छ।

यो नतिजासँगै डट्स-नोट ३.० आधिकारिक रूपमा गोल्ड-लेभल नतिजा ल्याउने दोस्रो एआई मोडल बनेको छ। यसअघि गुगल डिपमाइन्डको ‘जेमिनी डिप थिङ्क’ ले यस्तो सफलता पाएको थियो। जेमिनीले सन् २०२५ मा ६ मध्ये ५ वटा समस्या समाधान गरेर ३५ अंक ल्याएको थियो। त्यो अंक त्यस वर्षको गोल्ड मेडलको कटअफसँग बराबर थियो।

सिआओहोङ्सुले चाइना डेलीलाई भनेको छ, ‘डट्स-नोट ३.० ले प्रुफ जेनेरेट गर्न एजेन्ट-बेस्ड रिजनिङ सिस्टम प्रयोग गरेको छ। यो मूल्यांकनमा प्रयोग भएको भर्सन अहिले आन्तरिक रूपमा मात्र सीमित छ। यसलाई छिट्टै एआई कम्युनिटीको लागि ओपन-सोर्स गरिनेछ।’

धेरै म्याथेमेटिकल बेन्चमार्कहरूमा अन्तिम उत्तर मात्र मागिन्छ। तर आईएमओमा पूरा प्रुफ दिनुपर्छ। कुनै पनि स्टेप छुटेमा अंक काटिन सक्छ। यस प्रतियोगिताले मोडलको एब्स्ट्र्याक्ट रिजनिङ र तर्कको स्थिरतालाई परीक्षण गर्छ।

यस प्रतियोगितामा ६ वटा समस्याहरू थिए। ती समस्याहरू अल्जेब्रा, ज्योमेट्री, नम्बर थ्योरी र कम्बिनेटोरिक्सबाट सोधिएका थिए। प्रत्येक समस्याको ७ अंक थियो। आयोजकका अनुसार यो मूल्यांकनमा मानिसले कुनै पनि हस्तक्षेप गर्न निषेध गरिएको थियो। मोडलको रिजनिङ मिलाउने वा हिन्ट दिने जस्ता काम गर्न पूर्ण रूपमा रोक लगाइएको थियो ।

मानिसहरूको लागि पनि पूर्ण अंक ल्याउन धेरै गाह्रो हुन्छ। आधिकारिक नतिजा अनुसार ६०० भन्दा बढी विद्यार्थीमध्ये ७ जनाले मात्र ४२ अंक ल्याएका थिए। यो संख्या लगभग १ प्रतिशत मात्र हो। यस वर्षको गोल्ड मेडल कटअफ २९ अंक थियो। यस एआई मोडलले त्यो थ्रेसहोल्डभन्दा १३ अंक बढी ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?