+
+
Shares

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न आन्तरिक राजस्व विभाग पुगे अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी नयाँ बजेट कार्यान्वयन र राजस्व लक्ष्यबारे ब्रिफिङ लिएका छन्।
  • अर्थमन्त्री वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले मातहतका देशभरका कर्मचारीहरूलाई राजस्व लक्ष्य प्राप्तिमा सक्रिय हुन निर्देशन दिएका छन्।
  • महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना, कर संकलनको लक्ष्य र तयारीबारे अर्थमन्त्रीसमक्ष प्रस्तुतीकरण गरेका छन्।

७ साउन, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक राजस्व विभाग लाजिम्पाटको स्थलगत अनुगमन गरी ब्रिफिङ लिएका छन् ।

बिहीबार विभाग पुगेर उनले नयाँ बजेट कार्यान्वयन र बजेटमा तोकिएको राजस्वको लक्ष्य प्राप्तिमा विभागको तयारीबारे जानकारी लिए ।

कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अर्थसचिव घनश्याम उपाध्यायले विभाग र मातहतका देशभरका कर्मचारीहरूलाई निर्देशन दिएका थिए ।

सो अवसरमा आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागको साङ्गठनिक संरचना, कर संकलनको लक्ष्य र तयारीबारे प्रस्तुतीकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?