+
+
Shares

पश्चिम नेपालमा ‘गौंथली’ उत्साहजनक, दर्शक भेट्दै अरुण-सिम्रन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १५:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘गौंथली’ले प्रदर्शनको पहिलो सातामा ३ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै उत्साहजनक व्यापार गरेको छ।
  • निर्माता सुमन गिरीका अनुसार काठमाडौंसहित मध्य र पश्चिम नेपालमा फिल्मको व्यापार उत्कृष्ट रहेको छ।
  • कपिल रिजाल निर्देशित यो फिल्म शिक्षाको महत्वलाई प्रमुख सन्देशका रूपमा प्रस्तुत गर्दै शुक्रबारदेखि अमेरिकाका २५ राज्यमा प्रदर्शन हुँदैछ।

काठमाडौं । फिल्म ‘गौंथली’ले घरेलु बक्सअफिसमा उत्साहजनक ब्यापार गरिरहेको देखिएको छ । बक्सअफिसको औपचारिक हिसाब आउन त बाँकी छ, यद्यपि निर्माताले बुधबारसम्मको कलेक्सन ३ करोड १० लाख रुपैयाँ ग्रस रहेको बताएका छन् ।

निर्माता सुमन गिरीले पहिलो साता फिल्मको कूल ग्रस साढे ३ करोड हाराहारीमा पुग्ने अनुमान गरे । ‘ब्यापारले हामीलाई उत्साहित तुल्याएको छ’ गिरीले भने, ‘रेस्पोन्सले हामीलाई खुसी दिएको छ ।’

गिरीका अनुसार, काठमाडौं उपत्यकासहित मध्य नेपाल र पश्चिमको ब्यापार उत्कृष्ट छ । पूर्वमा भने अपेक्षित ब्यापार हुन नसकेको निर्माता गिरीले बताए ।

‘काठमाडौंदेखि पश्चिम नेपालमा फिल्म राम्रो गैरहेको छ । पूर्वमा केही कम छ’ उनले भने । गिरीका अनुसार, काठमाडौंभन्दा पश्चिममा बिहीबार ७० प्रतिशत र पूूर्वमा ५० प्रतिशत अकुपेन्सी छ ।

अरुण क्षेत्री, सिम्रन खड्का लगायतका कलाकार यतिबेला मोफसलमा फिल्म प्रवर्धनको चटारोमा छन् । पोखरा हुँदै उनीहरूले बुटवल, दाङ, भैरहवा र चितवनमा दर्शकसँगै बसेर फिल्म हेरेका छन् । आउने सोमबारदेखि पूर्वी नेपालका हलमा फिल्मको प्रवर्धन गरिने निर्माता गिरीले जनाए ।

शुक्रबारदेखि यो फिल्म अमेरिकाका २५ राज्यमा पनि प्रदर्शनमा आउँदैछ । कपिल रिजाल निर्देशित यो फिल्म महिलाका लागि विवाहभन्दा पनि शिक्षा महत्वपूर्ण छ भन्ने सन्देशसहित निर्माण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?