News Summary
Generated by OK AI. Editorially reviewed.- लगातारको वर्षापछि काठमाडौं उपत्यकाको आकाश आज केही खुलेको छ भने बागमती नदीमा जल सतहमा सामान्य वृद्धि देखिएको छ।
- सुकुमवासी बस्तीहरू हटाइएका कारण थापाथलीदेखि तिलगंगासम्मको बागमती करिडोरको दुवै किनारा अहिले खुला र सफा देखिएका छन्।
- नदी किनारमा विकसित हरियाली पार्कहरूले काठमाडौं उपत्यकाको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक र जीवन्त बनाइदिएका छन्।
८ साउन, काठमाडौं । लगातारको वर्षाका कारण धुमिल भएको काठमाडौं उपत्यकाको आकाश आज केही खुलेको छ ।
निरन्तरको वर्षाका कारण बागमती नदीमा जल सतह केही बढेको छ भने नदी धमिलो भएर बगिरहेको छ ।
नदी आफ्नै तालमा एक नास बगिरहे पनि नदीको दुवै किनारा हरियाली देखिएका छन् । बागमती करिडोरका दुवै तिर ठाउँठाउँमा देखिन हरियाली पार्कले काठमाडौं उपत्यकाको सौन्दर्यलाई थप आकर्षित बनाइदिएको छ ।
सुकुमवासी बस्तीहरू खाली गरिएपछि बागमती करिडोरका दुवै किनारा पनि खुला देखिएका छन् ।
ड्रोनमार्फत थापाथली पुलदेखि तिलगंगासम्मको बागमती करिडोरका दृश्यहरू नियाल्दा निकै हरियाली र मनमोहक देखिएका छन् ।
शहरको बीच भाग भएर बग्ने बागमती नदी किनाराको दुवै तर्फको हरियाली वातावरणले काठमाडौं उपत्यकालाई जीवन्त दिइरहेको स्पष्ट भान हुन्छ ।









प्रतिक्रिया 4