News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन विश्वविद्यालयले कार्यकारी परिषद्का लागि चारजना नयाँ सदस्यहरूलाई मनोनयन गरेको छ।
- प्रा.डा. मोहनराज शर्मा, प्रा.डा. दिननाथ पराजुली, प्रा.डा. कन्हैया सापकोटा र प्रा.डा. विजया पन्तलाई कार्यकारी परिषद्को सदस्यमा चयन गरिएको छ।
- मनोनयन समितिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयको कार्यकारी परिषद्ले यो निर्णय गरेको हो।
१५ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद् सदस्यको मनोनयन गरिएको छ । कार्यकारी परिषद् सदस्यमा चिकित्सा शास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. मोहनराज शर्मा, कानुन संकायका डिन प्रा.डा. दिननाथ पराजुली, भू-गोल केन्द्रीय विभागका प्रा.डा. कन्हैया सापकोटा र वनस्पति केन्द्रीय विभागका प्रा.डा. विजया पन्तलाई मनोनयन गरिएको त्रिविका प्रवक्ता नविन्द्र भण्डारीले जानकारी दिए ।
उनका अनुसार नाम सिफारिस गर्न मनोनयन समिति गठन गरिएको थियो । समितिले सिफारिस गरेको आधारमा त्रिविको कार्यकारीले मनोनय गर्ने निर्णय गरेको हो ।
कार्यकारीमा उपकुलपति अध्यक्ष, शिक्षाध्यक्ष सदस्य, अध्ययन संस्थानका डिनहरूमध्येबाट एक जना सदस्य, सङ्कायका डिनहरूमध्येबाट एक जना सदस्य, विश्वविद्यालयका शिक्षकहरूमध्येबाट दुई जना सदस्य र रजिस्ट्रार सदस्य सचिव रहने प्रावधान छ । कार्यकारीले पूर्णता नपाउँदा महत्त्वपूर्ण निर्णय रोकिएको थियो ।
कार्यकारी सदस्यको मनोनयन भएसँगै परिषद् बैठक बस्ने तयारी भएको छ । शिक्षाध्यक्ष र रजिस्ट्रारको नाम भने अझै सिफारिस भएको छैन । उपकुलपतिले नाम कुलपतिलाई सिफारिस गर्ने नियम छ । हाल निमित्त शिक्षाध्यक्ष र रजिस्ट्रारले दैनिक काम गरिरहेका छन् ।
प्रतिक्रिया 4