News Summary
Generated by OK AI. Editorially reviewed.- सांसद नरबहादुर बिष्टले सुनसरीलगायत मधेशका जिल्लामा भएका हिंसात्मक घटनाप्रति सरकार गम्भीर रूपमा जिम्मेवार रहेको आरोप लगाएका छन् ।
- गृहमन्त्रीले प्रदर्शनस्थलमा पुगेर पीडित परिवारसँग आफैं सहमति गर्दै हिंड्नु दुर्भाग्यपूर्ण र बाञ्छनीय नभएको सांसद बिष्टले बताउनुभयो ।
- सरकार आफैं गोली चलाउने र आफैं सहमति गर्दै हिंड्ने कार्य 'भर्त्सनायोग्य' रहेको सांसद बिष्टले राष्ट्रिय सभाको बैठकमा उल्लेख गर्नुभयो ।
१५ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नरबहादुर बिष्टले सुनसरीलगायत मधेशका जिल्लामा भएका हिंसात्मक घटनामा सरकार जिम्मेवार रहेको अरोप लगाएका छन् ।
शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद बिष्टले गृहमन्त्री सुधन गुरुङ स्वंय पीडित परिवारसँग सहमति गर्दै हिंडेको भन्दै आपत्ति समेत जनाए । प्रमुख जिल्ला अधिकारीमार्फत गर्नुपर्ने काम गृहमन्त्रीले आफैं गर्नु बाञ्छनीय नभएको उनले बताए ।
‘मधेशमा जुन खालका घटनाहरू भइरहेका छन् यो सरकारको गम्भीर कमजोरी हो । सरकारले फेसबुकमा जुन खालका स्टाटसहरू लेख्दैछ । यसले जनतामा झन निराशा पैदा गरिरहेको छ । सरकार आफैं गोली चलानउने अनि आफैं क्षतिपूर्ती दिने जुन खालको काम भएको छ यो भर्त्सनायोग्य छ,’ उनले भने ।
मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा भइरहेका घटनाहरू सरकारको गम्भीर कमजोरीको परिणाम भएको उनको भनाइ छ । सांसद बिष्टले सरकारले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका अभिव्यक्तिले जनतामा थप निराशा पैदा गरेको आरोप पनि बताए ।
‘गृहमन्त्री अहिले पनि प्रदर्शनस्थलमा हुनुहुन्छ । उहाँले पीडित परिवारसँग सात बुँदे सहमति गर्नुभएको छ । यो दुर्भाग्य कुरा हो कि सिडिओ कार्यालयका सिडिओले समझदारीमा हस्ताक्षर गर्नुपर्ने ठाउँमा गृहमन्त्री आफैं सहमति गर्दै हस्ताक्षर गर्दै हिंड्नुभएको छ । आफैंले हिंसा बढाउँदै हुनुहुन्छ । आफैं धामी आफैं झाँक्री भने जस्तो,’ उनले भने ।
सरकारले एकातिर गोली चलाउने र अर्कोतर्फ आफैं सहमति गर्दै हिंड्ने कार्य भर्त्सनायोग्य भएको सांसद बिष्टको भनाइ छ ।
प्रतिक्रिया 4