+
+
Shares

खोटाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ

खोटाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ९ गते २१:४९

९ साउन, खोटाङ । खोटाङमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले भरुवा बन्दुकसहित साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा सेखुवाका २८ वर्षीय उर्गेन राई र २४ वर्षका दिपेन राईलाई पक्राउ गरेको हो ।

भरुवा बन्दुक लुकाइछिपाइ राखेको सूचनाको आधारमा शुक्रबार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी इन्स्पेक्टर निराजन बस्नेतले जानकारी दिए ।

उनीहरूको साथमा एक थान भरुवा बन्दुक, कागजमा बेरेर राखिएको फलामको पाँच वटा टुक्रा, बारुद जस्तो देखिने कालो रंगको दुई पोका धुलो पदार्थ र तीन थान सलाइका बट्टा बरामद गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?