+
+
Shares

दाङको राजपुरमा ढिस्कोले पुरिएर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते ९:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दाङको राजपुर गाउँपालिका-२ स्थित दुर्गा सामुदायिक वनमा ढिस्कोले पुरिएर १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको छ ।
  • शनिबार माटो लिन गएका बेला ढिस्कोमा पुरिएका चौधरीलाई उद्धार गरी अस्पताल पुर्‍याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीले उक्त घटनाको पुष्टि गरेका छन् ।

१० साउन, दाङ । राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर खत्रीका अनुसार राजपुर गाउँपालिका- २ पीपलडाँडाका १३ वर्षीय दिपेश चौधरीको मृत्यु भएको हो ।

बेलास्थित दुर्गा सामुदायिक वनमा शनिबार माटो लिन गएका उनी ढिस्कोमा पुरिएका थिए । निजलाई उद्धार गरी अस्पताल पुर्‍याएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?