+
+
Shares

साम्राज्ञीलाई शीर्ष भूमिकामा लिएर फिल्म ‘एक्का मिस्सी बादशाह’ बन्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १२:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री साम्राज्ञी शाह दुई वर्षको अन्तरालपछि 'एक्का मिस्सी बादशाह' फिल्ममार्फत अभिनयमा फर्कने पक्का भएको छ ।
  • डेब्यू निर्देशक सञ्जय राईको निर्देशन रहने यस फिल्ममा साम्राज्ञीले ‘आश’ नामक साहसिक र बोल्ड चरित्रमा अभिनय गर्नेछिन् ।
  • युवापुस्ताको प्रेम र जीवनका उतारचढावमा केन्द्रित फिल्मको छायांकन आगामी फागुन महिनाबाट सुरु हुने निर्माण पक्षले जानकारी गराएको छ ।

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाह दुईवर्षपछि फिल्म अभिनयमा फर्किने पक्का भएको छ । उनको शीर्ष भूमिका रहने फिल्म ‘एक्का मिस्सी बादशाह’ निर्माणको घोषणा भएको छ ।

यो कथानकलाई डेब्यू निर्देशक सञ्जय राईले निर्देशन गर्नेछन् । उनी फिल्म करिअरलाई अघि बढाउन बेलायतबाट नेपाल आइपुगेका हुन् । आयोजित पत्रकार सम्मेलनमा उनले यो फिल्म बनाउने रुचिबारे चर्चा गरे ।

अभिनेत्री साम्राज्ञी शाहको पछिल्लो फिल्म ‘लन्डन टु पेरिस’ हो जुन सन् २०२४ मा प्रदर्शनमा आएको थियो । भुटानी मूलका एक अमेरिकी युवासँग इन्गेजमेन्टपछि साम्राज्ञी केही समय मुलुकबाहिर रहिन् । उनी स्पेन लगायतका थलो घुमघाममा ब्यस्त थिइन् ।

अहिले भने स्वदेश फर्किएसँगै साम्राज्ञीलाई लिएर फिल्म बन्ने तयारी भएको हो । यस फिल्ममा उनलाई ‘आश’ नामक एक चरित्रमा देख्न पाइनेछ । आयोजित प्रेसमिटमा निर्माताले उनको बोल्ड लुक्ससहितको पोस्टर समेत सार्वजनिक गरे ।

आफूलाई मन पर्ने क्यारेक्टर नपाएकाले केही समय फिल्ममा नदेखिएको दाबी गर्दै साम्राज्ञीले यस फिल्ममा भूमिका मनपरेको बताइन् । आफूले निर्वाह गर्ने भूमिका साहसिक र भिन्न किसिमको रहेको उनको भनाइ छ ।

‘निर्देशकले मेरो सोचअनुसार मिल्ने गरि त्यो क्यारेक्टरमार्फत सिनेमा बनाउने सोच्नुभएको रहेछ । मैले स्क्रिप्ट पढेँ, म त छक्क परेँ । मेरो क्यारेक्टर धेरै साहसिक, बोल्ड, निडर र फरक किसिमको छ,’ आफ्नो पात्रबारे साम्राज्ञीले भनिन् ।

‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ भन्ने बटमलाइन फिल्मको छ । निर्देशक राईले युवापुस्ताको कथामा फिल्म बन्न लागेको बताए । उनका अनुसार सामाजिक सञ्जालको पुस्ता, प्रेम, सम्बन्ध र जीवनका उतारचढावमा फिल्म केन्द्रित हुनेछ ।

‘यो फिल्म हेरेपछि युवा रमाउँछन् भन्ने आशा छ । हामीले जसरी मायालाई एक्सप्लोर गर्छौँ, त्यही भाव सिनेमामा छ । यो दुई साथीको कथा हो’ उनले भने ।

कार्यकारी निर्माता सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरुङ र प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ छन् । नरेन्द्र मैनालीले छायांकन गर्ने फिल्ममा संगीत निर्माता निकेश कार्की र रोमन बज्राचार्य, स्टाइलिस्ट आशिम रानाभाट तथा सुनिल शिवभक्तिको सम्पादन रहनेछ । छायांकन आगामी फागुनबाट सुरु हुनेछ ।

फिल्मका अन्य कलाकार चाँडै अनुबन्धित गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?