+
+
Shares

बाढीपहिरो बारेका गलत सूचना रोक्न टिकटकले नेपालमा थाल्यो ‘सर्च गाइड’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टिकटकले नेपाली प्रयोगकर्तालाई वर्षायाममा आउने विपत्बारे यथार्थ र प्रमाणित जानकारी दिन नयाँ सर्च गाइड सुरु गरेको छ ।
  • बाढीसम्बन्धी कन्टेन्ट खोज्ने प्रयोगकर्ताले अब विश्वसनीय स्रोतमा पुग्न सघाउने ब्यानर देख्नेछन् ।
  • टिकटकका दक्षिण एसियाली प्रमुख फिरदौस मोत्ताकिनले भने, ‘संकटका बेला सही जानकारी पनि अरू सहायता जत्तिकै महत्वपूर्ण हुन्छ ।’

काठमाडौं । टिकटकले नेपाली प्रयोगकर्तालाई वर्षायाममा आउने विपत्बारे यथार्थ र प्रमाणित जानकारी अपडेट गराउन नयाँ सर्च गाइड सुरु गरेको छ ।

प्राकृतिक विपत्को बेला प्लेटफर्ममा सही जानकारीको पहुँच बढाउने तथा गलत सूचना फैलिन नदिन पहिल थालिएको टिकटकले विज्ञप्तिमार्फत जनाएको छ ।

अब टिकटकमा बाढीसम्बन्धी कन्टेन्ट खोज्ने प्रयोगकर्ताले विश्वसनीय स्रोतबाट जानकारी प्रमाणित गर्न प्रेरित गर्ने एउटा ब्यानर देख्नेछन् । उक्त सर्च गाइडमार्फत प्रयोगकर्तालाई नेपाल सरकारको राष्ट्रिय विपत् सूचना पोर्टल, टिकटकको सेफ्टी सेन्टर रिसोर्सेस र पीडादायी घटनाबाट प्रभावित व्यक्तिका लागि आवश्यक जानकारी र सहयोग उपलब्ध गराउने टिकटकको ट्रयाजिक इभेन्ट सपोर्ट गाइडमा सिधै पुग्ने सुविधा दिइएको छ ।

सो गाइडमा प्राकृतिक विपत् तथा व्यक्तिगत क्षतिजस्ता दुःखद घटना के हुन् भन्ने जानकारीका साथै मानसिक स्वास्थ्यसम्बन्धी सहयोग कसरी प्राप्त गर्ने र यस्ता घटनासँग सम्बन्धित कन्टेन्ट जिम्मेवारीपूर्वक कसरी शेयर गर्ने वा रिपोर्ट गर्ने भन्ने विषयमा पनि उपयोगी जानकारी समावेश गरिएको छ ।

टिकटकका दक्षिण एसियाली पब्लिक पोलिसी एण्ड गभर्मेन्ट रिलेसन्स हेड फिरदौस मोत्ताकिनले भने, ‘संकटका बेला सही जानकारी पनि अरू सहायता जत्तिकै महत्वपूर्ण हुन्छ । त्यसैले हामीले समुदायले जानकारी खोज्ने स्थानमै विश्वसनीय स्रोत उपलब्ध गराएका छौं, ताकि आवश्यक परेको बेला मानिस सुरक्षित, संयमित र सही जानकारीसहित निर्धक्क रहन सकून् ।’

मानिसले सही जानकारी प्राप्त गर्न, आफ्नो मानसिक तथा व्यक्तिगत स्वास्थ्यलाई प्राथमिकता दिन र महत्वपूर्ण समयमा जिम्मेवारीपूर्वक सहभागिता जनाउन सकून् भन्ने उद्देश्यका साथ सुरक्षित र उत्तरदायी प्लेटफर्म निर्माण गर्ने प्रतिबद्धता पनि टिकटकले निरन्तर कायम राखेको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?