News Summary
Generated by OK AI. Editorially reviewed.- ग्लोबल आईएमई बैंकले नागरिक एपसँगको सहकार्यमा एपमार्फत नै बैंक खाता खोल्न सकिने नयाँ डिजिटल सेवाको सुरुवात गरेको छ।
- राष्ट्रिय परिचयपत्र भएका १८ वर्षमाथिका नागरिकले क्यूआर कोड स्क्यान गरी अनलाइनबाटै बैंकमा व्यक्तिगत बचत खाता खोल्न सक्ने व्यवस्था मिलाइएको छ।
- खाता सञ्चालनका लागि ग्राहकले नजिकको शाखा वा भिडियो केवाईसीमार्फत आफ्नो पहिचान प्रमाणीकरण गर्नुपर्ने बैंकले जनाएको छ।
१० साउन, काठमाडौं । ग्लोबल आईएमई बैंकले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने सुविधा ल्याएको छ ।
नागरिक एपमा आवद्ध नेपाली नागरिकले राष्ट्रिय परिचयपत्रको आधारमा एपमार्फत बैंकको वेवसाइटमा रहेको क्यूआर कोड स्क्यानगरी व्यक्तिगत बचत खाता खोल्न सक्नेछन् ।
नागरिक एप प्रयोगकर्ताले ग्लोबल आईएमई बैंकमा खाता खोल्नको लागि आवश्यक पर्ने क्यूआर कोड उल्लेखित लिंक https://nagarik.gibl.com.np मा क्लिक गरी पाउनेछन् । यस सेवाले आम नागरिकलाई बैंक खाता खोल्न थप सहज बनाएको बैंकको भनाइ छ ।
यस अन्तर्गत १८ वर्ष वा सोभन्दा माथिका र राष्ट्रिय परिचयपत्र बनाई नागरिक एपमा आबद्ध भएका नागरिकले अनलाइनबाटै ग्लोबल आईएमई बैंकमा खाता खोल्न सक्नेछन्।
यसका लागि बैंकले नागरिक एपमा आबद्ध व्यक्तिको पूर्व सहमति लिई खाताको लागि आवश्यक व्यक्तिगत विवरण नागरिक एपबाट सुरक्षित रुपमा प्राप्त गर्नेछ । यसबाट व्यक्तिगत विवरण पुनः प्रविष्ट गर्नुपर्ने झन्झट हट्नुका साथै ग्राहकको गोपनियता तथा सूचनाको सुरक्षासमेत सुनिश्चित हुने बैंकले जनाएको छ ।
‘नागरिक एपमार्फत् खोलिएको खाता सञ्चालनको लागि ग्राहकले आफ्नो नजिक रहेको शाखा कार्यालयमा गई वा भिडियो केवाईसी मार्फत प्रमाणीकरण गर्नुपर्नेछ’ बैंकले एक विज्ञप्तिमा भनेको छ ।
यस सेवाको सुरुवातसँगै बैंकले सरकारी डिजिटल पूर्वाधारको उपयोग गर्दै सुरक्षित, सरल तथा भरपर्दो डिजिटल बैंकिङ सेवाको विस्तार गरेको छ । नागरिक एपसँगको सहकार्यले खाता खोल्ने प्रक्रियालाई थप सहज, पारदर्शी तथा प्रविधिमैत्री बनाउनुका साथै आधुनिक बैंकिङ अनुभव प्रदान गर्ने विश्वास बैंकले लिएको छ ।
प्रतिक्रिया 4