News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिनकुमार आचार्यले संसद्को प्रभावकारिता र गरिमा मापन गर्न सात बुँदे मापदण्डसहित समग्र संसदीय गतिविधिको समीक्षा गर्न माग गरेका छन् ।
- संघीय संसद् सचिवालयको तथ्याङ्कअनुसार प्रतिनिधिसभाका ४१ बैठक मध्ये २१९ जना सांसदहरू ३० भन्दा बढी बैठकमा उपस्थित भएका छन् ।
- संसद्को हाजिरी विवरणमा शीर्ष नेता तथा मन्त्रीहरूको उपस्थिति तुलनात्मक रूपमा न्यून देखिएपछि पूर्वसचिव सोमबहादुर थापाले उपस्थितिको वास्तविक प्रभाव मूल्यांकन गर्न आवश्यक रहेको औँल्याएका छन् ।
११ साउन, काठमाडौं । ३१ असारको प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सांसद विपिनकुमार आचार्यले संसद्ले पनि आफ्नो समीक्षा गर्ने बेला भएको बताएका थिए । ‘१०० दिन पुगेपछि सरकारको समीक्षा गर्ने अभ्यास छ । संसद्को हकमा चाहिँ हनिमुन पिरियड भनेर सुने जस्तो लाग्दैन । खैर जे होस्, संसद्ले पनि आफ्नो समीक्षा गर्ने बेला भयो कि जस्तो लाग्छ,’ उनले भने ।
संसद्को समीक्षा गर्दा यसका मापदण्ड के कस्ता हुन सक्छन् भनेर आचार्यले सात वटा बुँदा नै प्रस्तुत गरे ।
१. संसद् सुरु भएदेखि अहिलेसम्म सांसदहरूको उपस्थिति कति रह्यो ?
२. सांसदहरूले प्रस्तुत गरेका संशोधनका कारण विधेयकहरू कति समृद्ध भए ?
३. संसदीय समितिहरूले कति काम गरे ?
४. संसद्मा उठेका शून्य, विशेष र आकस्मिक समयका कुराहरू कति सम्बोधन भए ?
५. सांसदहरूको प्रस्तुति कस्तो रह्यो ?
६. प्रतिनिधिसभा नियमावलीको उल्लंघन सत्तापक्ष, सरकार र प्रतिपक्षले कति पटक गरे ?
७. नियमावलीको उल्लंघनलाई संसद्ले कसरी लियो ?
यी सात वटा मापदण्डका आधारमा संसद्को समीक्षा गरेर ‘संसद्को गरिमा बढ्दो क्रममा छ कि घट्दो ?’ भन्ने प्रश्नको जवाफ खोज्ने उनको प्रस्ताव छ ।
यस आधारमा एउटा सशक्त र समृद्ध संसद् यस्तै (अहिलेकै जस्तो) हुन्छ कि, सामूहिक मिहिनेत पुगेन भन्ने जस्ता विषयमा समीक्षा आवश्यक रहेको उनको प्रस्ताव छ ।
संसद् र संसदीय गतिविधिलाई नागरिकले समेत नियालिरहेको उल्लेख गर्दै उनले संसद् नागरिकको निराशालाई आशामा बदल्ने ठाउँ भएको बताए । उनले थपे, ‘त्यसैले हामी सही दिशामा छौँ वा छैनौँ ? यी सबै विषयको समीक्षा गर्न म सभामुखज्यूसँग आग्रह गर्दछु ।’
आचार्य सत्तारुढ दल रास्वपाको महामन्त्रीसमेत हुन् । सांसद् आचार्यको प्रस्तावअनुसार संसद् सचिवालय र सभामुख डोलप्रसाद अर्यालले संसद्को समीक्षा गर्नेबारे पहल लिन बाँकी छ ।
आचार्यले संसद्को समीक्षा गरौं भन्दै यस निम्ति राखेको पहिलो मापदण्डअनुसार संसद् सुरु भएदेखि अहिलेसम्म सांसदहरूको उपस्थिति कति रह्यो त ?
यही प्रश्नको जवाफ खोज्न अनलाइनखबरले सूचनाको हक प्रयोग गरेर संघीय संसद् सचिवालयसँग सांसदहरूको हाजिरी विवरण प्राप्त गरेको छ । जसअनुसार २१ फागुन २०८२ को निर्वाचनबाट आएको प्रतिनिधिसभाको पहिलो अधिवेशन १९ चैत देखि २७ चैतसम्म जम्मा ६ दिन चल्यो ।
त्यस अवधिमा ६ वटै बैठक बसे । दोस्रो अधिवेशन २८ वैशाखबाट जारी छ । ३१ असारसम्म प्रतिनिधिसभाको बैठक ३२ दिन बस्यो । ३२ दिनमा बसेको बैठक संख्या ३५ छ ।
संघीय संसद् सचिवालयले अनलाइनखबरलाई उपलब्ध गराएको विवरणअनुसार दुवै अधिवेशनमा हालसम्म प्रतिनिधिसभाको बैठक बसेको दिन ३८ छ र बैठक संख्या ४१ छ ।

३० बढी बैठकमा गए २१९ सांसद्
४१ वटा बैठकमध्ये ३० बढी बैठकमा जाने सांसद्को संख्या २१९ छ । ४१ वटै सबै बैठकमा उपस्थित सांसद्को संख्या भने जम्मा ६ जना रहेको छ ।
जसमा रास्वपाका सांसदहरू सुनिल केसी, रत्नाकुमारी थापा, गोविन्द पन्थी रहेका छन् । नेपाली कांग्रेसका सांसदद्वय भरतबहादुर खड्का, नरेन्द्रकुमार केरुङ र नेपाली कम्युनिस्ट पार्टीकी सांसद निराशा चौधरी डगौरा संसद्का बैठकमा शतप्रतिशत उपस्थित छन् ।
४१ वटा बैठकमध्ये ४० वटा बैठकमा उपस्थित सांसद्को संख्या २२ छ ।
जसमा सांसदहरू हरिनादेवी कामी, सुशील खड्का, सुरेशकुमार चौधरी, सीता थपलिया, सरिता महतो, शोभा खनाल, विश्वराज पोखरेल, विधुषी राणा, रिना उप्रेती केसी, रचना खतिवडा खत्री, यज्ञबहादुर बोगटी, महेन्द्रबहादुर शाही, भीमकुमारी बुढा मगर, बलावती शर्मा, प्रमेशकुमार हमाल, प्रमिला कुमारी गच्छदार, नीतिमा भण्डारी कार्की, टीका संग्रौला, जयपती रोकाय, गंगा छन्त्याल, कुलभक्त शाक्य र अनुश्का श्रेष्ठ रहेका छन् ।
२२ जना सांसद् ३९ वटा बैठकमा गए ।
जसमा सांसदहरू सुष्मा स्वर्णकार डिम्पल, सुलभ खरेल, सरस्वती लामा, वासना थापा, राम लामा, रहबर अन्सारी, रविन्द्र पटेल, रजनी श्रेष्ठ, भूमिका लिम्बू सुब्बा, भरत गिरी, प्रदिप बिष्ट, प्रकाशसिंह कार्की, पवित्रा विक, नीता घतानी , धर्मराज केसी, जोगकुमार बरबरिया यादव, जगदीश खरेल (ललितपुर), गणेशसिंह ठगुन्ना, खडकबहादुर बुढा, खगेन्द्र सुनार, यसुदाकुमारी बराल र आसिका तामाङ रहेका छन् ।
२३ जना सांसद्को हाजिरी ३८ वटा बैठकमा छ । सांसदहरू स्मृति सेन्चुरी, सुजाता तामाङ, समीक्षा बास्कोटा, सन्तोष सुब्बा, रेनुका काउचा, रुकेश रञ्जित, रञ्जु न्यौपाने, युवराज दुलाल, मधुकुमार चौलागाईं, मदनकृष्ण श्रेष्ठ, प्रेमबहादुर वयक, प्रमिला कुलुजु, पुष्पाकुमारी चौधरी, परशुराम तामाङ, ध्रुवराज राई, दिपककुमार साह (सुनसरी), गंगालक्ष्मी अवाल, क्षितिज थेवे, कृपा महर्जन, कविन्द्र बुर्लाकोटी, आरेन राई र अरविन्द साह ३८ वटा बैठकमा सहभागी भएका हुन् ।
३७ वटा बैठकमा उपस्थित हुने २८ जना छन् ।
सांसदहरू हरिप्रसाद भुसाल, श्रीधर पोख्रेल, विक्रम थापा, ललिता कुमारी, लक्ष्मीप्रसाद पोखरेल, राधिका रम्तेल, रमेशकुमार मल्ल, भूमिका श्रेष्ठ, बुद्धरत्न महर्जन, विष्णुमाया विक, पार्वती विक, पद्माकुमारी अर्याल, तौफिक अहमद खान, तारा विश्वकर्मा, ठाकुरसिंह थारु, टुकाभद्र हमाल, जनकराज गिरी, गोपाल शर्मा, गणेश पराजुली, गणेश कार्की, गजाला समिम मिकरानी, गंगादेवी श्रेष्ठ, खुश्बु ओली, खिमा विक, कृष्णहरि बुढाथोकी, कृष्णकुमार कार्की, कृपाराम राना र ओजस्वी शेरचन ३७ वटा बैठकमा गएका हुन् ।

१६ जना सांसद्को हाजिरी ३६ वटा बैठकमा छ ।
सांसदहरू सुशीला ढकाल आचार्य, सुम्निमा उदास, सिर्जना श्रेष्ठ, साजिदा खातुन सिद्धिकी, सागर भुसाल, समिना मियाँ, लेखजङ्ग थापा, माधवबहादुर थापा, बुद्धिप्रसाद पन्त, प्रशान्त उप्रेती, निश्कल राई, खगेन्द्र कर्ण, कुसुम महर्जन, कमल सुवेदी, ऐनबहादुर महर र अर्जुनकुमार कार्की ३६ वटा बैठकमा उपस्थित भएका हुन् ।
३५ वटा बैठकमा उपस्थित हुने सांसद्को संख्या २९ छ ।
सांसदहरू हरि ढकाल, सुहाङ नेम्वाङ, सुशीलकुमार कानु, सुशान्त वैदिक, शाहजान खातुन, रिमा विश्वकर्मा, रामविनोद यादव, राजेन्द्रकुमार राई, मोहनलाल आचार्य, मनमाया विश्वकर्मा, भीष्मराज आङ्देम्बे, भरतप्रसाद पराजुली, बिना गुरुङ, प्रभा कार्की, प्रकाशचन्द्र परियार, पुष्पराज कँडेल, नीनुकुमारी कर्ण, देवराज पाठक, झविलाल डुम्रे, ज्ञानु पौड्याल, जनकसिंह धामी, चन्द्रमोहन यादव, गुरुप्रसाद बराल, गणेशबहादुर विश्वकर्मा, गणेश पौडेल, खुशबुसरकार श्रेष्ठ, खड्ग शाही, कालीबहादुर सहकारी र अचुतम लामिछाने ३५ वटा बैठकमा उपस्थित भएका हुन् ।
२१ जनाको हाजिरी ३४ वटा बैठकमा छ ।
सांसदहरू सन्दीप राना, लिमा अधिकारी आचार्य, लालविक्रम थापा, राजेशकुमार चौधरी, राजुनाथ पाण्डे, यज्ञमणि न्यौपाने, मातृकाप्रसाद यादव, बोधनारायण श्रेष्ठ, बदनकुमार भण्डारी, प्रभा ढकाल, प्रकाश पाठक, धनेन्द्र कार्की, जगदीश खरेल (दोलखा), गीताकुमारी सेन्दाङ, कामिनी कुमारी, करिश्मा कठरिया, आशिष गजुरेल, आकृति अवस्थी, अशोककुमार चौधरी, अर्जुननरसिंह केसी र अभिषेकप्रताप शाहको हाजिरी ३४ वटा बैठकमा छ ।
३३ वटा बैठकमा जाने १३ जना छन् । सांसदहरू सृष्टि भट्टराई, श्रद्धा कुँवर क्षेत्री, विपिनकुमार आचार्य, रुबिना आचार्य, राजकिशोर महतो कोइरी, यशोधा कुमारी, पुनमकुमारी अग्रवाल, निशा डाँगी, ताराप्रसाद जोशी, जगतप्रसाद जोशी, गणेश धिमाल, अम्बिकादेवी संग्रौला र अफ्सना बानु ३३ वटा बैठकमा उपस्थित भएका हुन् ।
१६ जना सांसदहरू ३२ वटा बैठकमा उपस्थित छन् । जसमा सांसदहरू हरिमोहन भण्डारी, सीताराम साह, श्रीराम न्यौपाने, शिवशंकर यादव, वसुमाया तामाङ, रेखाकुमारी यादव, रमेश प्रसाईं, मोहम्मद इश्तियाक राई, मनिष खनाल, भरतकुमार स्वाँर, पूर्णप्रसाद लिम्बू, पारशमणि गेलाल, दीपककुमार साह (महोत्तरी), टेकबहादुर गुरुङ, खेमराज कोइराला र आशा झा रहेका छन् ।
१४ जना सांसद ३१ वटा बैठकमा गए । सांसदहरू रुक्मिणीदेवी कोइराला, शम्भुप्रसाद ढकाल, रिंगला यादव, राजीव खत्री, मञ्जु भुसाल, वर्षमान पुन, प्रेमलाल चौधरी, ताहिर अलि भाट, चन्दनकुमार सिंह, गीता गुरुङ, केपी खनाल, कन्हैया बनियाँ, उज्वलकुमार झा र अमरेशकुमार सिंह ३१ वटा बैठकमा उपस्थित भएका हुन् ।
३० वटा बैठकमा उपस्थित हुने सांसद्को संख्या ९ छ । जसमा सांसदहरू सुरेन्द्र चौधरी, सुनिताकुमारी चौधरी, सन्तोष राजवंशी, फिरदोश आलम, महावीर पुन, दिपकराज बोहरा, क्रान्तिशिखा धिताल, आनन्दबहादुर चन्द र अमरकान्त चौधरी रहेका छन् ।

संसद् कम जानेमा शीर्ष नेता र मन्त्रीहरू
संसद् कम जानेमा शीर्ष नेता र मन्त्रीहरू छन् । प्रतिनिधिसभाको ४१ वटा बैठक बस्दा प्रधानमन्त्री बालेन शाह ६ वटा बैठकमा उपस्थित भए । पूर्वप्रधानमन्त्री प्रचण्ड जम्मा पाँच वटा बैठकमा मात्र गए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रतिनिधिसभाका ४१ वटा बैठकमध्ये २१ वटामा मात्रै उपस्थित छन् । नेकपा एमालेका सांसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ २४ वटा बैठकमा गए । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाही २५/२५ वटा बैठकमा उपस्थित भए ।
मन्त्रीहरू पनि संसद् कम जानेमा पर्छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठ ७, शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ८ वटा बैठकमा सहभागी भए । परराष्ट्र मन्त्री शिशिर खनाल र पूर्वाधार विकास मन्त्री सुनिल लम्साल ९/९ वटा बैठकमा गए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेल १२ र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव १४ वटा बैठकमा सहभागी भए । अर्थमन्त्री स्वर्णिम वाग्ले, सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिना र महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी १५/१५ वटा बैठकमा सहभागी भए ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता १६, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल १७ र कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी १८ बैठकमा उपस्थित भए ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम प्रतिनिधिसभाका ४१ वटा बैठकमध्ये २३ वटा बैठकमा गइन् । गृहमन्त्री सुधन गुरुङ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी २४/२४ वटा बैठकमा उपस्थित भए ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन ३० वटा बैठकमा उपस्थित भएका छन् ।
समग्रमा २९ वटा बैठकमा उपस्थित हुने सांसद्को संख्या १० रहेको छ ।

जसमा सांसदहरू सोम शर्मा, सागर ढकाल, विष्णुबहादुर खड्का, रुवी कुमारी, मोहन आचार्य, प्रमोदकुमार महतो, पुकार बम, तोसिमा कार्की, तपेश्वर यादव र ज्ञानेन्द्रसिंह महता २९ वटा बैठकमा हाजिर भएका हुन् ।
सांसदद्वय राजन गौतम र मनिष झा २८ वटा बैठकमा गए । ५ जना सांसदहरू नरेन्द्रकुमार गुप्ता, धनञ्जय रेग्मी, टेकबहादुर शाक्य, इन्दिरा राना र अमृता विक २७ वटा बैठकमा सहभागी भए ।
२६ वटा बैठकमा उपस्थित हुने सांसद्को संख्या ८ छ । जसमा सांसदहरू शम्भुकुमार यादव, रामाकान्तप्रसाद चौरसिया, योगेश गौचन थकाली, बब्लु गुप्ता, प्रकाश गौतम, पुरुषोत्तम शुप्रभात यादव, नरेन्द्रसाह कलवार र अंकिता ठाकुर रहेका छन् ।
२५ वटा र २४ वटा बैठकमा उपस्थित हुने सांसद्को संख्या पाँच/पाँच रहेको छ । सांसदहरू मिङमा ग्याबु शेर्पा, विक्रम खनाल र कोमल ज्ञवाली २५ वटा बैठकमा सहभागी भए । सांसदहरू सूर्यबहादुर तामाङ, रमेशकुमार सापकोटा २४ वटा बैठकमा सहभागी भए ।
सांसद रविन महतो २३ वटा बैठकमा उपस्थित छन् । धनबहादुर बुढा र चन्देश्वर मण्डल २२ वटा बैठकमा गए । एलिजा गुरुङ र उत्तमप्रसाद पौडेल २१ वटा बैठकमा उपस्थित छन् ।
संसद् सचिवालयका पूर्वसचिव सोमबहादुर थापा सांसद्हरूको हाजिरी पनि संसद्को गरिमाको एउटा महत्वपूर्ण पक्ष रहेको बताउँछन् ।
‘अहिलेको हाजिरी विवरणलाई सन्तोषजनक नै मान्न सकिन्छ,’ उनी भन्छन्, ‘तर सांसदहरू संसद् गएर मात्रै हुँदैन । हाजिर गरेर मात्रै हिँडेको छ कि ! कति समय संसद्मा बस्यो ? के काम भयो ? कस्तो प्रभाव रह्यो ? भन्ने पनि खोज्नुपर्छ । यी प्रश्नको जवाफ मिलेपछि सांसदहरूको संसद्को उपस्थितिको वास्तविक मूल्यांकन गर्न सकिन्छ ।’

प्रतिक्रिया 4