+
+
Shares

मन्त्री लम्सालले भने– नागढुङ्गा सुरुङमार्ग शिलान्यासको शिलालेख पुनर्स्थापना गर्छौं

केपी ओलीको नाम अंकित शिलान्यासको शिलालेख तोडफोड गरी गायब बनाइएको भन्दै कतिपयले विरोध गर्दै आएका छन् । आज सुरुङमार्ग उदघाटनको क्रममा पूर्वाधार विकास मन्त्री लम्सालले भने हराएको शिलालेख पुनर्स्थापना गर्ने बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते ११:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको र हाल हराएको शिलालेख खोजेर पुनर्स्थापना गर्ने प्रतिबद्धता जनाउनुभयो ।
  • मन्त्री लम्सालले अब देशैभर यस्ता सुरुङमार्ग निर्माण हुने उल्लेख गर्दै नेपाल टनेल युगमा प्रवेश गरेको बताउनुभयो ।
  • जाइकाको सहुलियतपूर्ण ऋणमा निर्मित यस सुरुङमार्गको मुख्य सुरुङ २.६८८ किलोमिटर लामो छ जसको औपचारिक उदघाटन हालै सम्पन्न भएको छ ।

११ साउन, काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको शिलालेख पुनर्स्थापना गर्ने बताएका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ साल कात्तिक ४ गते सुरुङमार्ग शिलान्यास गरेका थिए । ओलीको नाम अंकित शिलालेख तोडफोड गरी गायब बनाइएको भन्दै कतिपयले विरोध गर्दै आएका छन् ।

आज सुरुङमार्ग उदघाटनको क्रममा पूर्वाधार विकास मन्त्री लम्सालले भने हराएको शिलालेख खोजेर पुनर्स्थापना गर्ने बताए ।

नागढुङ्गा सुरुङमार्गको सम्भाव्यता अध्ययन २०६६/६७ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र डा. बाबुराम भट्टराईको पालामा भएको थियो ।

सुरुङमार्गको शिलान्यास भने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७६ कात्तिक ४ गते गरेका थिए । गरेका थिए । मुख्य सुरुङको ब्रेकथ्रु भने अर्का प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । अहिले बालेन प्रधानमन्त्री भएका बेला सुरुङमार्ग औपचारिक उदघाटन गरिएको छ ।

पूर्वाधार विकास मन्त्री लम्सालले अब देशैभर यस्ता सुरुङमार्गहरु बन्ने बताए । ‘अब देशैभरी यस्ता टनेल बन्छन्, यो टनेलले धेरै कुरा सिकायो, हामी टनेल युगमा प्रवेश गरेका छौं,’ उदघाटनपछि मिडियासङ्ग कुरा गर्दै मन्त्री लम्सालले भने ।

जापानको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियतपूर्ण ऋणमा नेपालको पहिलो अत्याधुनिक सडक सुरुङ मार्ग निर्माण गरिएको हो ।

मुख्य सुरुङको लम्बाइ २.६८८ किलोमिटर छ भने सहायक सुरुङमार्ग २.५५७ किलोमिटर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?