+
+
Shares

नारायणी अस्पतालले भन्यो- सीसीटीभी फुटेजको आधारमा अराजक व्यक्तिको पहिचान गरी कारबाही गर

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १२:४६
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि आफन्तले गरेको आक्रमणमा चिकित्सक गम्भीर घाइते भएका छन्।
  • अस्पताल प्रशासनले सीसीटीभी फुटेजको आधारमा आक्रमणमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
  • घटनापछि स्वास्थ्यकर्मीहरू भयभित हुँदा अस्पतालका सम्पूर्ण विभागको सेवा अवरुद्ध भएको र छानबिन समिति गठन गर्ने सहमति भएको छ।

११ साउन, काठमाडौं । वीरगञ्जको नारायणी अस्पतालले शनिबार भएको घटनाबारे सीसीटीभी फुटेजको आधारमा अराजक व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चितरन्जन शाहले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

अस्पतालले सो दिनको सीसीटीभी फुटेज समेत सम्बन्धी निकायमा पठाइएको भन्दै सीसीटीभी फुटेजका आधारमा अराजक व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न माग गरेको हो ।

शनिबार वीरगञ्ज महानगरपालिका-२५ का ५० वर्षीय राजकुमार पटेलको उपचारको क्रममा मृत्यु भएको थियो । उनका आफन्तले पटेलको उपचारमा लापरबाही भएको भन्दै प्रदर्शन गरेका थिए । मृतकका आफन्तले चिकित्सकको लापरबाहीका कारण पटेलको मृत्यु भएको भन्दै प्रदर्शन गरेका थिए ।

तर अस्पताल प्रशासनले भने मृतकका आफन्तले चिकित्सकहरूमाथि नै सांघातिक आक्रमण गरेको बताएको छ । मृतकका आफन्तको आक्रमणबाट डा. प्रमोद राम गम्भीर घाइते भएको अस्पतालले जनाएको छ । उनको आईसीयूमा उपचार भइरहेको अस्पतालको भनाइ ५ ।

उक्त घटनापश्चात अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू मानसिक र शारीरिक रूपमा भयभित भई सेवा प्रवाह गर्न सक्षमता नदेखाई रहेकोले अस्पतालको सम्पूर्ण विभागको सेवा अवरुद्ध भएको अस्पतालले जनाएको छ ।

उक्त घटना पश्चात पीडित पक्ष र अस्पताल प्रशासनबीच छानबिन समिति गठन गर्ने सहमित समेत भएको थियो । साथै उक्त दिन आकस्मिक कक्षमा खटिएका केही चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई निलम्बन गर्ने निर्णय समेत भएको थयो ।

हेर्नुहोस् विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?