+
+
Shares

ईकमर्स प्लेटफर्म जिट्रेडिया सञ्चालनमा, विश्वभरका उत्पादनमा नेपालीको पहुँच

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ई–कमर्स प्लेटफर्म जिट्रेडिया डटकम नेपालमै पहिलो पटक औपचारिक रूपमा सञ्चालनमा आएको छ।
  • कम्पनीले नेपाली ग्राहक तथा व्यवसायीलाई विश्वभरका लाखौं उत्पादनमा प्रत्यक्ष पहुँच उपलब्ध गराउने लक्ष्य राखेको छ।
  • प्लेटफर्मले सामानको बीमा र सहज भुक्तानी सुविधासहित सुरक्षित तथा झन्झटमुक्त डेलिभरी सेवा प्रदान गर्ने जनाएको छ।

११ साउन, काठमाडौं । ई–कमर्स प्लेटफर्म जिट्रेडिया डटकम (जिट्रेडिया – बियन्ड बोर्डर्स) औपचारिक रूपमा सञ्चालनमा आएको छ।

कम्पनीका अनुसार यो नेपालकै पहिलो यस्तो मञ्च हो, जसले नेपाली ग्राहक तथा व्यवसायीलाई विश्वभरका लाखौं उत्पादनमा प्रत्यक्ष पहुँच उपलब्ध गराउनेछ।

कम्पनीले गुणस्तरीय उत्पादन प्रतिस्पर्धी तथा किफायती मूल्यमा उपलब्ध गराउँदै अनलाइन खरिदलाई सहज र व्यवस्थित बनाउने लक्ष्य लिएको जनाएको छ।

अन्तर्राष्ट्रिय तथा स्थानीय बजारबाट सामान मगाउँदा हुने जोखिम न्यूनीकरणका लागि सामानको बीमा तथा आफ्नै रोजाइको बैंक खाताबाट सिधै भुक्तानी गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ।

‘बियन्ड बोर्डर्स’ नारासहित सञ्चालनमा आएको यस प्लेटफर्मले विश्वव्यापी आपूर्ति शृङ्खलासँग नेपाली उपभोक्ता र व्यवसायलाई जोड्दै सुरक्षित तथा झन्झटमुक्त डेलिभरी सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ।

प्लेटफर्ममा फेसन तथा कपडा, खेलौना, सौन्दर्य तथा व्यक्तिगत हेरचाह सामग्री, इलेक्ट्रोनिक्स तथा ग्याजेट, घरायसी तथा जीवनशैलीसम्बन्धी सामग्री लगायतका उत्पादन उपलब्ध छन्।

साथै, विश्वव्यापी खोजी, सुरक्षित डेलिभरी, गुणस्तरीय उत्पादनको सुनिश्चितता तथा नेपाली व्यवसायलाई अन्तर्राष्ट्रिय आपूर्ति शृङ्खलासँग जोड्ने सुविधा यसको मुख्य विशेषता रहेको कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?