+
+
Shares

सविन राई र नविन के. भट्टराई क्लब नोभाको लाइभ कन्सर्टमा गुञ्जिने

टिकटबाट क्यान्सरसँग जुधिरहेकी रेखालाई सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २३ साउनमा ठमेलको क्लब नोभामा ‘द रक लेगेसी’ लाइभ कन्सर्ट हुँदैछ ।
  • कन्सर्टमा सविन राई एन्ड द फारोह र नविन के. भट्टराई एन्ड अतृप्तले सांगीतिक प्रस्तुति दिनेछन् ।
  • टिकट बिक्रीबाट संकलित १० प्रतिशत रकम क्यान्सरपीडित रेखा गुप्ताको उपचारका लागि प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका दुई चर्चित ब्यान्ड ‘सविन राई एन्ड द फारोह’ र ‘नविन के. भट्टराई एन्ड अतृप्त’ एकै मञ्चमा प्रस्तुत हुने भएका छन् । २३ साउन (८ अगस्ट) शनिबार ठमेलस्थित क्लब नोभामा आयोजना हुने ‘द रक लेगेसी’ लाइभ कन्सर्टमा ती दुई प्रतिष्ठित सांगीतिक समूह गुञ्जिन लागेका हुन् ।

स्मार्ट जीको प्रस्तुतिमा आयोजना हुन लागेको कन्सर्टमा दुवै ब्यान्डले आफ्ना चर्चित तथा सदाबहार गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् । कार्यक्रममा गेस्ट डीजे निशानको विशेष प्रस्तुति पनि रहनेछ ।

यसपटक आयोजकले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि जोडेको छ । क्यान्सरसँग जुधिरहेकी रेखा गुप्ताको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले ई-सेवामार्फत बिक्री हुने प्रत्येक टिकटबाट १० प्रतिशत रकम सहयोग गरिने आयोजकले जनाएको छ । टिकट खरिद गर्ने प्रत्येक दर्शक उक्त अभियानको साझेदार बन्नेछन् ।

‘द रक लेगेसी’ केवल एउटा कन्सर्ट मात्र होइन, नेपाली रक संगीतका दुई प्रतिष्ठित ब्यान्डलाई एउटै मञ्चमा अनुभव गर्ने विशेष अवसर हो,’ कार्यक्रमबारे स्मार्ट जीकी रेश्मा श्रेष्ठले भनिन्, ‘यसपटक हामीले मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि जोड्ने प्रयास गरेका छौं ।’

ई-सेवामार्फत बिक्री हुने प्रत्येक टिकटबाट १० प्रतिशत रकम क्यान्सरसँग संघर्ष गरिरहेकी मिस रेखा गुप्ताको उपचारका लागि सहयोग गरिने जनाइएको छ ।

कन्सर्टको व्यवस्थापन आवरण इभेन्ट्सले गरेको छ भने ई-सेवा टिकटिङ पार्टनर रहेको आयोजकले जनाएको छ । टिकटको मूल्य सामान्य प्रवेशका लागि रु. १,००० र भिआइपी प्रवेशका लागि रु. १,५०० निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?