News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो एक महिनामा अदुवाको थोक मूल्य ६२ प्रतिशतले बढेको छ।
- असार १२ गते प्रतिकिलो औसत १३२ रुपैयाँमा कारोबार भएको अदुवा साउन १२ गतेसम्म आइपुग्दा २१५ रुपैयाँ पुगेको छ।
- बजारमा अदुवाको थोक मूल्य न्यूनतम २०० देखि अधिकतम २३० रुपैयाँसम्म कायम भएको समितिले जनाएको छ।
१२ साउन, काठमाडौं । बजारमा अदुवाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले अदुवाको भाउ उकालो लागेको देखाएको हो ।
तथ्यांक अनुसार एक महिना अवधिमा अदुवाको भाउ ६२ प्रतिशतसम्म बढेको छ ।
१२ असारमा अदुवा प्रतिकिलो थोकमा न्यूनतम १ सय २० देखि अधिकतम १ सय ४० र औसत १ सय ३२ रुपैयाँमा किनबेच भएको थियो ।
१२ साउनमा आइपुग्दा अदुवाको भाउ औसत ८३ रुपैयाँले बढेर प्रतिकिलो थोकमा न्यूनतम २ सयदेखि अधिकतम २ सय ३० र औसत २ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4