+
+
Shares

माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन (तस्वीरहरू)

यसअघि लघुवित्त पीडितको एक समूहले सरकारसँग वार्ता गरेर आन्दोलन स्थगित गरेको थियो । तर आजदेखि अर्को एक समूहले ‘लघुवित्त पीडितले न्याय नपाएको’ भन्दै आमरण अनशन शुरु गरेको हो ।

आर्यन धिमाल आर्यन धिमाल
२०८३ साउन १२ गते १२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित समूहले आफ्ना माग पूरा गराउन काठमाडौंको माइतीघरमण्डलमा सामूहिक आमरण अनशन शुरु गरेका छन् ।
  • पीडितहरूले चर्को ब्याज, धितो लिलामी र गैरकानूनी असुलीबाट आफूहरू लामो समयदेखि मारमा परेको जनाएका छन् ।
  • सरकारसँग भएका सहमति कार्यान्वयन नभएसम्म आमरण अनशन सहित आन्दोलनका कार्यक्रम जारी रहने संघर्ष समितिले चेतावनी दिएको छ ।

१२ साउन, काठमाडौं । लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब दिन काठमाडौंको माइतीघरमण्डलमा सामूहिक आमरण अनशन शुरु गरेको घोषणा गरेको छ ।

यसअघि लघुवित्त पीडितको एक समूहले सरकारसँग वार्ता गरेर आन्दोलन स्थगित गरेको थियो । तर आजदेखि अर्को एक समूहले ‘लघुवित्त पीडितले न्याय नपाएको’ भन्दै आमरण अनशन शुरु गरेको हो ।

संघर्ष समितिका अनुसार लामो समयदेखि ग्रामीण तथा शहरी क्षेत्रका विपन्न, किसान र मजदुरहरू चर्को ब्याज, चक्रवृद्धि (कम्पाउन्ड) ब्याज, धितो लिलामी तथा गैरकानूनी असुलीको मारमा पर्दै आएका छन् ।

सरकारसँग भएका सहमति समेत कार्यान्वयन नभएकाले बाध्य भएर आमरण अनशनमा बस्नुपरेको समितिको भनाइ छ ।

संघर्ष समितिले आफ्ना मागहरू राज्यले औपचारिक रूपमा सम्बोधन नगरेसम्म आमरण अनशन सहित आन्दोलनका कार्यक्रम जारी रहने चेतावनी दिएको छ ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?