News Summary
Generated by OK AI. Editorially reviewed.- डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभालाई प्रोत्साहन गर्न आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सले ‘खल्ती इन्फ्लुएन्सर अवार्डस’ आयोजना गर्ने भएको छ ।
- देशभरबाट ५०० भन्दा बढी कन्टेन्ट क्रिएटरहरूले यस प्रतियोगिताका लागि आवेदन दिइसकेका छन् ।
- निर्णायक समूहले मूल्याङ्कन गरी आगामी साता १० विधाका लागि १०० जनाको मनोनयन सूची सार्वजनिक गर्नेछन् ।
काठमाडौं । मुलुकका डिजिटल कन्टेन्ट सिर्जना गर्ने प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले ‘खल्ती इन्फ्लुएन्सर अवार्डस’ आयोजना हुने भएको छ ।
पहिलोपटक कन्टेन्ट क्रिएटरलाई केन्द्रमा राखेर आयोजना हुन लागेको यो अवार्ड कार्यक्रम आईएमई रेमिट्यान्स एण्ड पेमेन्ट्सले आयोजना गर्न लागेको हो ।
आयोजकका अनुसार प्रतियोगिताको ग्राण्ड फिनाले भदौको अन्तिम साता आयोजना हुनेछ । जेठ महिनामै आवेदन आह्वान गरिए अनुसार देशभरबाट ५०० भन्दा बढी कन्टेन्ट क्रिएटरले प्रतियोगितामा भाग लिन कन्टेन्ट उपलब्ध गराइसकेका छन् ।
निर्णायक समूहले प्रतियोगिताका लागि प्राप्त कन्टेन्टको मूल्यांकनको आधारमा उत्कृष्ट १०० जना प्रतिस्पर्धीलाई फाइनल चरणमा प्रवेश गराउने छन् ।
आगामी साता मनोनयन सूचि सार्वजनिक गर्दैछ । फिनालेमा विभिन्न १० विधामा अवार्ड वितरण गरिने छ, जसका लागि हरेक विधामा १०/१० क्रिएटरलाई मनोनयनमा समावेश गरिने छ ।
निर्णायकमा अभिनेता तथा फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, आइएमई ग्रुपका बद्री कटवाल, मिस यूनिभर्स नेपाल २०२२ सोफिया भुजेल तथा पत्रकार टेकनारायण भट्टराई छन् ।
प्रतिक्रिया 4