+
+
Shares

रमा तिवारी हत्या प्रकरण : कन्टेन्ट क्रिएटरले दु:ख दिएपछि प्रहरीको विज्ञप्ति

कन्टेन्ट क्रिएटरले विभिन्न व्यक्तिसँगको भिडियो अन्तरवार्ता सार्वजनिक गर्न थालेपछि प्रहरीले विज्ञप्ति जारी गर्दै सचेत गराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २० गते २०:२२

२० जेठ, विराटनगर । झापाको दमककी २१ वर्षीया रमा तिवारी (रोमा)को हत्या प्रकरणमा कन्टेन्ट क्रिएटरले विभिन्न व्यक्तिसँगको भिडियो अन्तरवार्ता सार्वजनिक गर्न थालेपछि प्रहरीले विज्ञप्ति जारी गर्दै सचेत गराएको छ । भ्रामक र अपुष्ट  सूचना सम्प्रेषण नगर्न भन्दै प्रहरीले विज्ञप्ति जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालय झापाले अनुसन्धान जारी रहेका बेला अनुमानका भरमा सूचना सार्वजनिक हुँदा अनुसन्धानमा गम्भीर असर परेको बताएको छ ।

अनुसन्धानका संवेदनशील विवरण आधिकारिक स्रोतबाट पुष्टी नभइ सार्वजनिक हुँदा न्याय सम्पादनमा प्रतिकूल असर गर्न सक्ने प्रहरीको भनाइ छ ।

गत जेठ १६ गते दमक–१० स्थित सेतुमारीको रतुवा खोलामा दमक–८ बसन्तटोलकी रमा तिवारीको शव बोरामा प्याक गरेर रतुवा खोलामा फालिएको अवस्थामा फेला परेको थियो । उनी घरबाट हराएको तीन दिनपछि मृत भेटिएकी थिइन् ।

इलाका प्रहरी कार्यालय दमक डिएसपी हरि बस्नेतका अनुसार प्रहरीले सुक्ष्म अनुसन्धान गरिरहेको छ । शंकास्पद व्यक्तिमाथि सोधपुछ भइरहेको उनले बताए ।

मृतकको मोबाइल कल डिटेल र शंकास्पद व्यक्तिहरूको गतिविधिमाथि केन्द्रित रहेर अनुसन्धान भइरहेको बताउँदै उनले अनुसन्धान निष्कर्ष नजिक पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?