+
+
Shares

कांग्रेसले तीन दिनसम्म झण्डा आधा झुकाउने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १०:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनमा १३ देखि १५ साउनसम्म पार्टीका कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ।
  • पार्टीले बिहीबार केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ।
  • स्वर्गारोहणको १३ औं दिनमा गृहजिल्ला स्याङ्जाको राम्दीघाटमा अस्तु विसर्जन गरी शोक सभाको आयोजना गरिने कुरा कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए।

१३ साउन, काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनको शोकमा तीन दिन पार्टी कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले १३–१५ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले बिहीबार एक दिन केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने पनि निर्णय गरेको छ । वरिष्ठ नेता श्रेष्ठको स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरिएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार स्वर्गारोहणको १३ औं दिनमा श्रेष्ठको गृहजिल्ला (स्याङ्जा) को कालिगण्डकी राम्दीघाटमा अस्तु विसर्जन गरी जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि भएको छ ।

आकस्मिक बैठकले श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?