News Summary
Generated by OK AI. Editorially reviewed.- भारतका विभिन्न विद्यालयमा गरिएको नयाँ अध्ययनले प्रत्येक पाँचमध्ये एक किशोरकिशोरी लागुपदार्थको प्रयोगको मध्यम वा उच्च जोखिममा रहेको देखाएको छ।
स्कुल, कलेज पढ्दै गरेका किशोरकिशोरीहरू लागुपदार्थको लतमा पर्ने समस्या धेरै छ । छिमेकी देश भारतमा यसबारे एक अध्ययन भएको छ । जसमा स्कुले किशोरकिशोरीहरूमा यो लत बढ्दै गएको देखाएको छ ।
२०२५ –२०२६ मा गरिएको यो सर्वेक्षणको रिपोर्ट ‘द ल्यान्सेट रिजनल हेल्थ स्वास्थ्य– साउदइस्ट–एशिया’ मा प्रकाशन गरिएको छ । अध्ययनले किशोरकिशोरीहरू लागुपदार्थ प्रयोगको सबैभन्दा उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ ।
भारतका विभिन्न जिल्लामा रहेका नाम चलेका निजी तथा सरकारी गरी १०८ विद्यालयका ६ हजार १६८ जनामा सर्वेक्षणा गरिएको रिपोर्टमा उल्लेख छ । अनुसन्धानकर्ताहरूले विश्व स्वास्थ्य संगठनको स्क्रिनिङ विधिको प्रयोग गरिएको बताएका छन् ।
यो सर्वेक्षणले पाँचमध्ये एक किशोरकिशोरी लागूपदार्थको प्रयोगको मध्यमदेखि उच्च जोखिममा रहेको निष्कर्ष निकालेको छ । धुम्रपान, मदिरा र अन्य लागुऔषधको प्रयोगकर्तालाई स्क्रिनिङ गरिएको थियो ।
सर्वेक्षणमा गोरखपुर, उत्तर प्रदेश, कामरूप, असम, नागपुर, महाराष्ट्र, राजकोट, झारखण्ड र पुडुचेरीका सरकारी र निजी विद्यालयहरू समेटिएका थिए । सर्वेक्षणले २१.४ प्रतिशत किशोरकिशोरीहरूलाई लागूपदार्थ प्रयोगको मध्यम वा उच्च जोखिमका रहेको तथ्यांक निकालेको छ । जसमा १०.३ प्रतिशत मध्यम जोखिममा रहेको देखियो भने ११.१ प्रतिशत उच्च जोखिममा रहेको पाइयो ।
यो पनि उल्लेखनीय छ कि गुवाहाटी र देवघरका विद्यालयहरूमा उच्च जोखिम भएका किशोरकिशोरीहरूको अनुपात बढी थियो । नागपुर र पुडुचेरीमा किशोरकिशोरीका जोखिमको अनुपात कम देखियो ।
डिजिटल एक्सपोजर ठूलो कारक
अध्ययनले किशोरकिशोरीहरूलाई लागूपदार्थ प्रयोगको जोखिममा धकेल्न डिजिटल एक्सपोजर सबैभन्दा ठूलो कारक भएको बताएको छ । प्रविधिको प्रयोग बढ्दो रहेकाले यसले लतमा पर्नका लागि सहयोगी भूमिका खेलेको अध्ययनको निष्कर्ष छ । बालबालिकाहरू इन्टरनेटको दुनियाँमा जति धेरै हराउँछन्, त्यति नै खराब संगत र लतमा फस्ने जोखिम बढ्ने अध्ययनकर्ताको दावी छ ।
अर्को मुख्य कारण भनेको लागूपदार्थको सहज उपलब्धता रहेको सर्वेक्षणले देखाएको छ । यसपछि लागुपदार्थ प्रयोगप्रति किशोरकिशोरीमा रहेको अनुकूल दृष्टिकोण पनि अर्को कारण मानिएको छ ।
अन्यमा विद्यालयको वातावरण, सामाजिक र आर्थिक अवस्था, व्यक्तिगत स्वभाव जस्ता कारकहरूले पनि किशोरकिशोरीहरूलाई लागुपदार्थतर्फ डोर्याउन भूमिका खेलेको अध्ययनको रिपोर्टमा उल्लेख छ ।
रोकथामका लागि बहु-स्तरीय हस्तक्षेपको आवश्यकता औंल्याइएको छ । समुदायमा आधारित हस्तक्षेप र उनीहरूकै साथीको नेतृत्व आधारित हस्तक्षेपले यसलाई कम गर्न सकिने सुझाव अध्ययनकर्ताले दिएका छन् ।
प्रतिक्रिया 4