+
+
Shares

१६ वर्ष पुगेकालाई मतदान गर्न पाउने व्यवस्था राख्न रास्वपाको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १४:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले १६ वर्ष उमेर पुगेका युवालाई मतदान गर्न पाउने व्यवस्था गर्न प्रस्ताव अघि सारेको छ ।
  • संसदीय दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले निर्वाचनमा युवा सहभागिता बढाउन उक्त व्यवस्था आवश्यक रहेको बताउनुभयो ।
  • बुर्लाकोटीले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाइका क्रममा ध्यानाकर्षण गराउँदै यसले युवालाई मतदानका लागि प्रोत्साहन गर्ने उल्लेख गर्नुभयो ।

१३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १६ वर्ष उमेर पुगेकालाई मतदान गर्न दिने व्यवस्थाको प्रस्ताव गरेको छ । हाल १८ वर्ष उमेर पुगेकाले मात्रै मतदान गर्न पाउने व्यवस्था छ ।

‘१६ वर्षमा मतदान गर्न दिनुपर्छ भन्दै आएको व्यक्ति हो,’ रास्वपाका संसदीय दलका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले भने, ‘यो विषयमा ध्यानाकर्षण गराउन चाहन्छु । यसले युवालाई प्रोत्साहन नै गर्छ ।’

रास्वपाका मुख्य सचेतक बुर्लाकोटीले बुधबारको संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको सुनुवाइका क्रममा यस्तो बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?