News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको देवघाटमा निर्माण गरिएको विद्युतीय शवदाहगृह सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन गरिने भएको छ ।
- सघन सहरी तथा भवन निर्माण आयोजनाले ११ करोड २१ लाख आठ हजार ६४१ रुपैयाँ लागतमा तयार गरेको संरचना भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
- सात वर्षपछि निर्माण सम्पन्न भएको उक्त गृहमा दुईवटा मेसिन जडान गरिएका छन् जसले बेवारिसे शवको अन्त्यष्टि व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
१३ साउन, चितवन । देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन गरिने भएको छ ।
शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन हुन लागेको हो । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको उक्त शवदाहगृह भरतपुर महानगरपालिकालाई आज हस्तान्तरण गरिएको छ ।
सार्वजनिक निजी साझेदारी ढाँचामा शवदाह सञ्चालन गर्नका लागि महानगरपालिकाले कार्यविधि तयार गरिसकेको छ । निर्माण थालिएको सात वर्षपछि विद्युतीय शवदाह गृहको काम सकिएको हो । गृहमा दुईवटा शवदाह गर्ने मेसिन जडान गरिएको छ । सहरी विकास कार्यालयको रु ११ करोड २१ लाख आठ हजार ६४१ मा शवदाह गृह निर्माण गरेको हो ।
देवघाटमा चितवन, नवलपरासी, तनहुँसहित देशका विभिन्न जिल्लाबाट शवदाहका लागि ल्याउने गरिन्छ । दाउराको अभावका कारण व्यवस्थापनमा चुनौती हुँदै आएको छ । शवदाह निर्माणपछि बेवारिसे शवको अन्त्यष्टिका लागि सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4