+
+
Shares

९ वटा विधेयक संघीय संसद्‌मा पेश गर्न स्वीकृत, कुन–कुन ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १७:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद्को बैठकले नौवटा विभिन्न विधेयकहरू संघीय संसद्मा पेश गर्नका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।
  • सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सो निर्णय गरेको जानकारी दिनुभयो ।
  • राहदानी, बालश्रम, खानी तथा खनिज र मानव बेचबिखन नियन्त्रणलगायतका विषयसँग सम्बन्धित विधेयकहरू संसद्मा पेश गरिने भएका छन् ।

१३ साउन, काठमाडौं । सरकारले ९ वटा विधेयकलाई संघीय संसद्समक्ष पेश गर्नका लागि स्वीकृत दिने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यी हुन् सरकारले संघीय संसद्मा पेश गर्न स्वीकृत दिएका विधेयकहरू–

संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाको शर्त र सुविधासम्बन्धी ऐन–२०५३ लाई संशोधन गर्न बनेको विधेयक ।

खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक ।

संक्रामक पशुरोग तथा नियन्त्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।

राहदानी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण, पहिलो संशोधन विधेयक ।

बालश्रम निषेध तथा नियमित गर्न बनेको सम्बन्धी विधेयक ।

आन्तरिक वायुसेवाको दायित्वसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ।

मेलमिलापसम्बन्धी ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक ।

कर्मचारी संशोधन ऐन २०१९ लाई संशोधन गर्न बनेको विधेयक ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?