+
+
Shares

जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १०:१४

१४ साउन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय समितिको बैंठक बस्दैछ ।

ललितपुरको बालकुमारीमा बिहान ११ बजे बस्ने बैठकमा पार्टी समायोजनको विषयमा छलफल हुने उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादवले जानकारी दिए ।

लोसपा र जसपा नेपाल एकता भएपछि त्यसपछिका कतिपय समायोजनको काम बाँकी रहेको छ । यादवका अनुसार यही विषयमा छलफल गर्न लागिएको हो ।

यसबाहेक आन्तरिक र समसामयिक विषयमा समेत छलफल हुनेछ ।

यी दुई दलबीचको एकतालाई निर्वाचन आयोगले ३० वैशाख २०८३ मै मान्यता दिइसकेको छ । तर पार्टी  संरचनामा समायोजनका कतिपय विषय बाँकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?