+
+
Shares

रविले गरे धार्मिक अगुवासँग छलफल

सामाजिक सद्भाव कायम राख्न रास्वपाका सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १२:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न विभिन्न धार्मिक अगुवासँग छलफल थालेका छन् ।
  • उनले मौलाना नरुल हुसेन, मोहम्मद खालिद र विश्व हिन्दू महासंघका प्रतिनिधिहरूसँग संसदीय दलको कार्यालयमा छलफल गरेका छन् ।
  • लामिछानेले सुनसरी र सिराहा लगायतका क्षेत्रमा भइरहेको प्रदर्शन रोक्न सद्भावको अपिल गर्न धार्मिक अगुवाहरूलाई आग्रह गरेका छन् ।

१५ साउन, काठमाडौं । सामाजिक सद्भाव कायम राख्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले धार्मिक अगुवासँग छलफल थालेका छन् ।

सभापति लामिछानेले शुक्रबार पार्टी संसदीय दल कार्यालयमा मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गरिहेका हुन् ।

त्यस्तै सभापति लामिछानेले विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज फुयालसँग एकसाथ छलफल गरिरहेका छन् ।

उनले अगुवाहरूलाई सुनसरी, सिराहालगायत देशका विभिन्न भागमा भइरहेको प्रदर्शन रोक्न सद्भावको अपिल गर्न आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?