+
+
Shares

पूँजीगत खर्चबारे अर्थ समितिमा छलफल गराउन माग

प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिकी सदस्य लिमा अधिकारी आचार्यले पूँजीगत खर्चको कमजोर कार्यान्वयन, त्यसका कारण र सुधारका उपायबारे समितिमा विस्तृत छलफल गराउन प्रस्ताव गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १४:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्थ समितिकी सदस्य लिमा अधिकारी आचार्यले पूँजीगत खर्चको कमजोर कार्यान्वयनबारे विस्तृत छलफल गराउन सभापति डा. कृष्णहरि बुढाथोकीलाई लिखित प्रस्ताव बुझाएकी छन् ।
  • उनले वर्षको अन्त्यमा हतारमा हुने असारे विकासका कारण विकास आयोजनाको गुणस्तर र सार्वजनिक स्रोतको उपयोगमाथि गम्भीर प्रश्न उठेको उल्लेख गरेकी छन् ।
  • आचार्यले अर्थमन्त्री, सम्बन्धित मन्त्रालयका सचिव र निर्माण व्यवसायीसहितका सरोकारवालालाई समितिमा बोलाएर कमजोर खर्च हुनुका कारणबारे गहन छलफल गर्न माग गरेकी छन् ।

१५ साउन, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिकी सदस्य लिमा अधिकारी आचार्यले पूँजीगत खर्चको कमजोर कार्यान्वयन, त्यसका कारण र सुधारका उपायबारे समितिमा विस्तृत छलफल गराउन प्रस्ताव गरेकी छन् ।

अर्थ समिति सभापति डा. कृष्णहरि बुढाथोकीलाई लिखित प्रस्ताव बुझाउँदै आचार्यले शुक्रबार उक्त प्रस्ताव सार्वजनिक गर्दै पूँजीगत खर्चको कमजोर अवस्थाबारे सम्बन्धित मन्त्री, सरकारी अधिकारी, निर्माण व्यवसायी र विज्ञलाई समितिमा बोलाएर गहन छलफल गर्न माग गरेकी हुन् ।

प्रस्तावमा नेपालको आर्थिक समृद्धि र पूर्वाधार विकासको प्रमुख आधार मानिने पूँजीगत खर्च वर्षौंदेखि अपेक्षाअनुसार हुन नसकेको उल्लेख गरिएको छ ।

आर्थिक वर्षभर विनियोजित बजेट खर्च हुन नसक्ने र वर्षको अन्त्यमा असारे विकासका नाममा हतारमा खर्च गर्ने प्रवृत्तिले विकास आयोजनाको गुणस्तर, वित्तीय अनुशासन र सार्वजनिक स्रोतको प्रभावकारी उपयोगमाथि गम्भीर प्रश्न उठाएको आचार्यको भनाइ छ ।

उनले पूर्वतयारीविनै योजना बजेटमा समावेश गर्ने अभ्यास, सार्वजनिक खरिद प्रक्रियाका जटिलता, निकायबीच समन्वयको अभाव, आयोजना प्रमुखको बारम्बार सरुवा तथा निर्माण व्यवसायी र सम्बन्धित अधिकारीको कमजोर जवाफदेहितालाई पूँजीगत खर्च न्यून हुनुका प्रमुख कारणका रूपमा औँल्याएकी छन् ।

प्रस्तावमा अर्थमन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, राष्ट्रिय योजना आयोगका पदाधिकारी, सम्बन्धित मन्त्रालयका सचिव, महालेखा परीक्षक, नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधि तथा अर्थशास्त्री र पूर्वाधार विज्ञलाई समितिमा बोलाएर छलफल गर्नुपर्ने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?