+
+
Shares

रविसँगको भेटपछि धार्मिक अगुवाको संयुक्त अपिल– सद्‌भाव खलबल्याउने कार्यमा संलग्न नबनौं

विश्व हिन्दु महासंघका महासवि रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दु महासंघका सचिवालय सदस्य राजुराम फुंयाल र अल सलाम सोसाइटीका अध्यक्ष नजरुल हसन फलाहीले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १४:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी लगायतका जिल्लामा देखिएको तनावबीच विभिन्न धार्मिक संगठनका अगुवाहरूले नागरिकलाई संयम रहन र सामाजिक सद्भाव कायम राख्न संयुक्त अपिल गरेका छन् ।
  • विश्व हिन्दु महासंघ, अल सलाम सोसाइटी र जमिअत उलमा ए नेपालका प्रतिनिधिहरूले संयुक्त विज्ञप्ति जारी गर्दै उत्तेजनात्मक र घृणात्मक कार्यमा संलग्न नहुन आग्रह गरेका छन् ।
  • धार्मिक अगुवाहरूले संवाद र सहकार्यमार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुन:स्थापित गर्न सबै सरोकारवाला निकायलाई सक्रिय योगदान दिन आह्वान गरेका छन् ।

१५ साउन, काठमाडौं । सुनसरी लगायतका जिल्लामा केही दिनदेखि भइरहेको तनावबीच धार्मिक संगठनका अगुवाहरूले नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपिल गरेका छन् ।

शुक्रबार सिंहदरबारमा रास्वपा सभापति रवि लामिछानेसँगको भेटपछि विश्व हिन्दु महासंघ, अल सलाम सोसाइटी र जमिअत उलमा ए नेपालका प्रतिनिधिहरूले संयुक्त रूपमा अपिल जारी गरेका हुन् ।

‘विभिन्न स्वार्थ समूहले धर्मको नाममा हिसांत्मक घटना विस्तार गर्ने प्रयास गरिरहेका बेला हामी सम्पूर्ण नागरिकमा संयम रहन, उत्तेजनात्मक, घृणात्मक वा सामाजिक सद्भाव खलबल्याउने कार्यमा संलग्न नहुन अपिल गर्दछौं,’ उनीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विश्व हिन्दु महासंघका महासवि रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दु महासंघका सचिवालय सदस्य राजुराम फुंयाल र अल सलाम सोसाइटीका अध्यक्ष नजरुल हसन फलाहीले संयुक्त विज्ञप्ति जारी गरेका हुन् ।

उनीहरूले सबै धर्मको भाव मानव कल्याण, सहिष्णुता अभिबृद्धि तथा सामाजिक एकता र भाइचारा सुदृढ गर्नु रहेको जारी विज्ञप्तिमा उल्लेख छ । ‘कुनै पनि धर्मले अर्को धर्म मान्नेलाई विभेद र उचनिच नगर्ने तथ्य स्वीकार्दै सामाजिक एकतालाई बलियो बनाउनु हाम्रो सामूहिक जिम्मेवारी हो,’ जारी विज्ञप्तिमा भनिएको छ ।

‘सदीयौंदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुयाँउन भइरहेका विभिन्न क्रियाकलापहरु प्रति सचेत रहन अपिल गर्दै हामी स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा र सामाजिक सद्भाव पुन:स्थापित गर्न सक्रिय योगदान दिन अपिल गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?