News Summary
Generated by OK AI. Editorially reviewed.- सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव विराटनगरस्थित न्यूरो अस्पतालबाट निकालिएको छ।
- पीडित परिवार र सरकारबीच ७ बुँदे सहमति भएपछि मृतकका आफन्त शव बुझ्न सहमत भएका हुन्।
- दुवै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको र त्यसपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।
१५ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज घटनाका मतृककाे शव न्यूराे अस्पताल विराटनगरबाट निकालिएको छ ।
शव बुझ्न आफन्त आएपछि न्यूराे अस्पतालबाट मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव निकालिएको हाे ।
दुवै शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिने प्रहरीले जनाएको छ ।
पाेष्टमार्टमपछि शवलाई आफन्तकाे जिम्ममा लगाइनेछ ।
आइतबार राति देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा प्रहरीले चलाएकाे गाेली लागेर स्थानीय ओमप्रकाश र जयप्रकाश मेहताकाे मृत्यु भएको थियाे ।
आज बिहान पीडित परिवार र सरकारबीच ७ बुँदे सहमति भएपछि शव उठाउन पीडित परिवार सहमत भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4