१६ साउन, सिरहा । सिरहाको लहानमा जारी कर्फ्यु हटाइएको छ । गोलबजारको कर्फ्यु भने जारी राखिएको छ ।
सुनसरीमा दुई समूह बीच भएको झडपलाई नियन्त्रण लिने क्रममा प्रहरीले चलाएको गोली लागेर युवकको मृत्यु भएको विरोधमा गोलबजारमा भएको प्रदर्शनमा औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो ।
यादवको परिवारसँग सहमति भए पनि गोलबजारमा भने कर्फ्यु यथावत् राखिएको छ । गणेशको शव नल्याउँदासम्म गोलबजारको कर्फ्यु नहटाइने सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4