+
+
Shares

सुदूरपश्चिम विश्वविद्यालयमा एक युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १६ गते १३:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस भवनको छतबाट हाम फालेका २३ वर्षीय उत्तम कार्कीको उपचारका क्रममा निधन भएको छ ।
  • बीएचएम प्रवेश परीक्षा दिन गएका बेला कार्कीले छतबाट हाम फालेका र उपचारका लागि धनगढीको माया मेट्रो अस्पताल लगिएको थियो ।
  • मानसिक स्वास्थ्य समस्याका कारण कार्कीले औषधि सेवन गर्दै आएको परिवारले जानकारी दिएको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले बताए ।

१६ साउन, धनगढी । सुदूरपश्चिम विश्वविद्यालयको छतबाट हाम फालेका एक जनाको मृत्यु भएको छ ।

शनिबार बिहान साढे ९ बजेतिर महेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय क्याम्पसको तीन तले भवनको छतबाट हाम फालेका वेदकोट नगरपालिका–४ का २३ वर्षीय उत्तम कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले कार्कीको उपचारका क्रममा धनगढीको माया मेट्रो अस्पतालमा दिउँसो १२ बजेतिर मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार कार्की बीएचएमको प्रवेश परीक्षा दिन गएका बेला छतबाट हाम फालेको थिए । उनलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको थियो ।

महाकालीबाट धनगढी रेफर गरिएको थियो । धनगढीमा उपचारकै क्रममा मृत्युु भएको हो ।

कार्कीलाई मानसिक स्वास्थ्य सम्बन्धी समस्या थियो । परिवारकाअनुसार उनी औषधि समेत सेवन गर्ने गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?